१४ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
Gold Silver Price (12 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 315300
Silver 1 Tola Nrs. 5600

कोशी अस्पतालमा लगाएको फोन कसरी पुग्छ प्राईभेट क्लीनिकमा ?

Logo

विराटनगर, चैत १२
विराटनगरका स्वस्थ्य क्लीनिकहरुले कोशी अस्पताल र डाक्टरको नाम दुरुपयोग गरी विरामीलाई झुक्याउने गरेको पाईएको छ ।
उनीहरुले आफ्नो क्लिनीकको भिजिटीङ कार्डमा कोशी अस्पतालमा कार्यरत्त डाक्टर र कोशी अस्पतालको नाम दुरुपयोग गरेर विरामीलाई झुक्याउने गरेका छन् ।

झट्ट हेर्दा कोशी अस्पतालकै अफिसियल भिजिटिङ कार्ड जस्तो देखिने गरी निजी क्लीनिक संचालकले फर्जी कार्ड छपाएका हुन्छन् । त्यस्ता भिजिटिङ कार्डमा सम्पर्क नम्बर भने प्राईभेट क्लीनिकको दिईएको हुन्छ । विरामीहरु पनि सरकारी अस्पताल हो भन–ठानेर सो नम्बरमा सम्पर्क गर्ने गर्दछन् । तर उक्त कार्डमा दिईएको नंम्बरमा फोन लगाउदा कोशी अस्पतालमा नभएर कुनै प्राईभेट क्लीनिकमा फोन जाने गर्दछ ।

बिरामीले फोन सम्पर्क गर्दा क्लीनिकका प्रतिनिधिले अस्पतालमा भन्दा राम्रो सेवा क्लीनिकमा पाईने भन्दै विरामीको माईड डाईभर्ट गर्ने काम गर्दछन् । सोझा–साझा विरामीलाई ठगेर, झुक्याएर र डराएरै भए पनि क्लीनिकमै आउन बाध्य पर्दछन् । कार्डको नम्बरमा सम्पर्क गर्ने विरामीलाई मनोवैज्ञानिक प्रभाव पार्ने गरेको उनीहरुको झाँसामा परेका विरामीहरुले बताउने गरेका छन् ।

कोशी अस्पतालको आसपासमा विभिन्न नाम गरेका क्लीनिक संचालन गर्दै आएका विकाश सरदारले त्यसै गरी फर्जी भिजिटिङ कार्ड बनाई बिरामी झुक्याउदै आएको खुलासा भएको छ । स्वास्थ्य क्षेत्रमा हुने विभिन्न खाल्को अपराधिक क्रियाकलापमा समेत मुछिदै आएको सरदारले विरामी ठग्नको लागी यो नयाँ जुक्ति अपनाएका छन् । सरदार वराम्वार यस्तो विवादमा मुछिदै आएकाले उनले आफ्नो क्लीनिकको नाम र संचालन गर्दै आएको ठाँउमा पनि बेला बेला फेरीरहन्छन् ।

गरिब तथा विपन्न घरपरिवारका विरामीहरु सरकारी अस्पतालमा सर्वसुलभ सेवा लिनको लागी डाक्टरलाई सम्पर्क गर्ने गर्दछन् । फोन निजि क्लिनीकका संचालकले उठाएर विरामीलाई गुमराह बनाउने गरेका छन् । विपन्न र आर्थिक अवस्था कम्जोर भएका यस्ता विरामी एकातर्फ गुणस्तरीय सेवाबाट बञ्चित हुन्छ भने अर्को तर्फ आर्थिक नोक्सानीमा पर्ने गर्छ ।
सरकारी अस्पतालको नाम प्रयोग गरेर प्राईभेट किल्नीक चालउने ठगीधन्धा भईरहदा समेत सरकारका नियामक निकाय भने बेखबर रहेको छ । त्यस्ता क्लीनिक संचालकलाई खोजी खोजीे कारवाही गर्नु जरुरी देखिएको छ ।

याे पनि पढ्नुहाेस् : बिरामी ठग्दै विराटनगरका प्राइभेट क्लीनिक : अनुगमन शुन्य

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]