०२ आश्विन २०८२, बिहिबार
18-09-2025 , Thu
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

कोरोनाबाट बाँचौ र बचाऔ

कविता
Logo
प्रकाशित बुधबार, बैशाख २९, २०७८

के तपाई पनि आफ्नो बालबालिकाको प्रतिभा जनचर्चा डट कमकाे बाल-प्रतिभामा पोष्ट गर्न चाहनु हुुन्छ ?
चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्नहोस् ।

ईमेल : [email protected] ( कविता, कथा, गित यसै इमेलमा पठाउन सक्नु हुनेछ )
फोन  : 9812349000 ( भिडियाे अडियो पठाउनु परेमा कल गर्नुहाेस् )

 

रासुदा दाहाल ,  विराटनगर

दाहालकी छोरी हुँ म रासुदा हो नाम ।
लिलिपुटको विद्यार्थी हुँ पढ्ने मेरो काम ।।

भए म नौ बर्षकी, पढछु कक्षा तीनमा ।
केही बेर खेल्छु, नाँच्छु, पढछु म दिनमा ।

कोरोनाले गर्दा खेरी छ मेरो स्कूल बन्द ।
स्कुलबाट अनलाईन कक्षा हुन्छ सधैभरी धन्न ।।

साथीभाई संग मेरो थियो प्रेम गाढा ।
कोरोनाले गर्दा साथी भए आज टाढा ।।

कोरोनाबाट बच्नलाई घर बाहिर नजाऔ ।
जानै परे बाहिर फेर समाजिक दुरी कायम गरौ ।

मान्छे देख्दा भिडभाडमा मास्क लगाउनु पर्छ ।
नत्र भने हामी जस्ता नानीलाई कोरोना सर्न सक्छ।।

बाहिर पुगी आएपछि हात धुनु पर्छ ।
नत्र भने सेनिटाइजर प्रयोग गर्नु पर्छ ।।

आफु बाँच्नु अरुलाई बचाँउनु मानवको धर्म ।
कोरोनाबाट बाँच्नलाई सवैले राम्रो गरौ कर्म ।।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]