२० साउन २०८३, बुधबार
05-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

वेलायती माेडलकाे ‘विराटनगर इन्टरनेशनल कलेज’ले थप नँया तिन काेर्ष संचालनमा ल्याउदै

Logo

विराटनगर,भदाै १९

बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयसंगको सहकार्यमा इनोभेट नेपाल ग्रुपद्धारा विराटनगरमा संचालित ‘विराटनगर इन्टरनेशनल कलेज’ले बेलायतका ३ वटा कोर्ष सुरु गर्ने भएको छ ।
विराटनगरको भृकुटीमार्गमा विगतको ७ वर्षदेखि संचालन हुदै आएको मेरिल्याण्ड कलेजलाई ‘विराटनगर इन्टरनेशनल कलेज’मा परिवर्तन गर्दै ग्रुपले नयाँ विषयहरु समावेश गरेको छ ।

शुक्रबार कलेज परिसरमा पत्रकार सम्मेलन आयोजना गर्दै कलेजले नयाँ कोर्षको आवस्यकता अनुभूत गरी विए (अनर्स) इन्टरनेशनल हस्पिटालिटि म्यानेजमेन्ट , मास्टर्स इन इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र बिएसी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ) थप कोर्ष पढाउने भएको इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले बताउनुभयो ।

बिगत ७ वर्षदेखि कलेजमा बिएसी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको कोर्ष पढाइदै आएको छ । यस कलेजले ७ वर्षको दौरानमा ४ वटा ब्याचका ४ सय बढी बिद्यार्थीहरुलाई दीक्षित गरिसकेको छ भने हाल कलेजमा ४ सय बढी बिद्यार्थी अन्तरास्ट्रिय शिक्षा नेपालमै बसेर लिइ रहेका छन् ।
यसबर्षबाट पुर्वमा पहिलो पटक इन्टरनेसनल हस्पिटालिटि म्यानेजमेन्ट र आगामी बर्ष मास्टर्स इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र बिएसी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ) थप कोर्ष संचालन गरिने पत्रकार सम्मेलन मार्फत बुढाथोकीले बताए ।
यस बर्षबाट कलेज पूर्ण रुपमा इनोभेट नेपाल ग्रुपको स्वामित्व र व्यस्थापनमा संचालन हुने भएको हुदा कलेजको ब्राण्ड “मेरिल्याण्ड कलेज बिराटनगर” को नामबाट परिवर्तन भइ “बिराटनगर इन्टरनेशनल कलेज” रहने पनि बुढाथोकीले जानकारी दिनुभयो ।
इनोभेट नेपाल ग्रुप अन्तर्गत विराटनगर इन्टरनेसनल कलेज ,इस्लिङटन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं, इन्फरम्यटिक्स कलेज पोखरा , इटहरी इन्टरनेशनल कलेज तथा अन्य बिभिन्न सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरु साथै भर्खरै सम्भवत नेपाली शिक्षा क्षेत्रमा क्रान्तिकारी छलाङ मर्ने उदेश्यका साथ विश्वका बिभिन्न १८ देशमा समेत प्रयोग भईरहेको अनलाइन लर्निंङको लागि “माइ सेकेन्ड टिचर“ पनि संचालनमा ल्याउदै आएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]