१९ भाद्र २०८२, बिहिबार
04-09-2025 , Thu
Gold Silver Price (19 Bhadra 2082, Thrusday)
Fine Gold 1 Tola NRs. 208400
Silver 1 Tola Nrs. 2495

वेलायती माेडलकाे ‘विराटनगर इन्टरनेशनल कलेज’ले थप नँया तिन काेर्ष संचालनमा ल्याउदै

Logo
प्रकाशित शनिबार, भाद्र १९, २०७८

विराटनगर,भदाै १९

बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयसंगको सहकार्यमा इनोभेट नेपाल ग्रुपद्धारा विराटनगरमा संचालित ‘विराटनगर इन्टरनेशनल कलेज’ले बेलायतका ३ वटा कोर्ष सुरु गर्ने भएको छ ।
विराटनगरको भृकुटीमार्गमा विगतको ७ वर्षदेखि संचालन हुदै आएको मेरिल्याण्ड कलेजलाई ‘विराटनगर इन्टरनेशनल कलेज’मा परिवर्तन गर्दै ग्रुपले नयाँ विषयहरु समावेश गरेको छ ।

शुक्रबार कलेज परिसरमा पत्रकार सम्मेलन आयोजना गर्दै कलेजले नयाँ कोर्षको आवस्यकता अनुभूत गरी विए (अनर्स) इन्टरनेशनल हस्पिटालिटि म्यानेजमेन्ट , मास्टर्स इन इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र बिएसी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ) थप कोर्ष पढाउने भएको इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले बताउनुभयो ।

बिगत ७ वर्षदेखि कलेजमा बिएसी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको कोर्ष पढाइदै आएको छ । यस कलेजले ७ वर्षको दौरानमा ४ वटा ब्याचका ४ सय बढी बिद्यार्थीहरुलाई दीक्षित गरिसकेको छ भने हाल कलेजमा ४ सय बढी बिद्यार्थी अन्तरास्ट्रिय शिक्षा नेपालमै बसेर लिइ रहेका छन् ।
यसबर्षबाट पुर्वमा पहिलो पटक इन्टरनेसनल हस्पिटालिटि म्यानेजमेन्ट र आगामी बर्ष मास्टर्स इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र बिएसी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ) थप कोर्ष संचालन गरिने पत्रकार सम्मेलन मार्फत बुढाथोकीले बताए ।
यस बर्षबाट कलेज पूर्ण रुपमा इनोभेट नेपाल ग्रुपको स्वामित्व र व्यस्थापनमा संचालन हुने भएको हुदा कलेजको ब्राण्ड “मेरिल्याण्ड कलेज बिराटनगर” को नामबाट परिवर्तन भइ “बिराटनगर इन्टरनेशनल कलेज” रहने पनि बुढाथोकीले जानकारी दिनुभयो ।
इनोभेट नेपाल ग्रुप अन्तर्गत विराटनगर इन्टरनेसनल कलेज ,इस्लिङटन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं, इन्फरम्यटिक्स कलेज पोखरा , इटहरी इन्टरनेशनल कलेज तथा अन्य बिभिन्न सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरु साथै भर्खरै सम्भवत नेपाली शिक्षा क्षेत्रमा क्रान्तिकारी छलाङ मर्ने उदेश्यका साथ विश्वका बिभिन्न १८ देशमा समेत प्रयोग भईरहेको अनलाइन लर्निंङको लागि “माइ सेकेन्ड टिचर“ पनि संचालनमा ल्याउदै आएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२९ श्रावण, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा भर्ना कार्यक्रम धमाधम भइरहेको छ। श्रावणको पहिलो साताबाटै सुरु भएको भर्ना कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीहरुको चासो देखिएको छ। शैक्षिक सत्र २०८२ (सन् २०२५) का लागि ५ वर्षे बि.एल.एल.बि र ३ वर्षे एल.एल.बि शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना लिईदैछ। उक्त शैक्षिक कार्यक्रमहरु बार्षिक प्रणालीमा संचालित हुने […]

विराटनगर, भाद्र २८ – देशको  पुरानो र भरपर्दो शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसाेसियट्सले मंगलबार विराटनगरमा आफ्नो ११औं शाखाको उद्घाटन गरेको छ। उद्घाटनकै अवसरमा विदेश पढ्न जान चाहने विद्यार्थीहरूको लागि ग्लोबल एक्स्पोको पनि आयोजना गरिएको थियो। संसारीमाई स्थान नजिक रहेको कन्सल्टेन्सी भवनमा आयोजित कार्यक्रममा विदेश अध्ययनमा रुचि राख्ने ५०० भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। […]