०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
Gold Silver Price (3 chaitra 2082, TUE)
Fine Gold 1 Tola NRs. 310400
Silver 1 Tola Nrs. 5350

एशिया कपमा भारतद्दारा पाकिस्तान पराजित

Logo

विराटनगर, भदौ १३
निरज बस्नेत
दुवईमा जारी एशिया कप अन्र्तगतको ग्रुप ए को पहिलो म्याचमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको छ । गएराति सम्पन्न खेलमा टस जितेको भारतले फिल्डिङ गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरको खेलमा १९.५ ओभरमा अलआउट हुदै पाकिस्तानले १ सय ४७ रन बनायो । जवाफी ब्याटीङ गरेको भारतले १९.४ ओभरमा निर्धारित लक्ष्य १ सय ४८ रन बनाएको हो ।

भारतका लागि रविन्द्र जडेजाले महत्वपूर्ण ३५ रन २९ बलमा बनाएँ । ५ औं विकेटको लागि जडेजाले हार्दिक पाण्ड्यसंग ५२ रनको साझेदारी गरेका हुन् । हार्दिकले १९ औं ओभर चलिरहदा तिन चौंका प्रहार गर्नु नै जितको आधार बनेको थियो ।

शुरुवातमा ओपनर के. एल. राहुललाई भारतले ० मै गुमाएको हो । कप्तान रोहित शर्मा १२, विराट कोहली ३५ रन बनाई आउट हुनपुगे । अन्तिम ३ बल बाँकी छदाँ भारतलाई जितका लागि आवश्यक ६ रन हुदा हिटर हार्दिकले छक्का हानी खेल जिताएँ ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले टिमको लागि खासै योगदान गर्न सकेनन् । बाबरले ९ बलमा १० रन मात्र प्रहार गरे । फखर जमान ६ बलमा १० रन, ईफ्तिखर २२ बलमा २८ रन, रिजवान ४१ बलमा ४३ रन, आसिफ ७ बलमा ९ रन, बनाई पवेलियन फर्किएका हुन् ।

भारतका लागि सर्वाधिक ४ विकेट भुवनेश्वर कुमारले लिन सफल भएका हुन् । हार्दिकले ३ र अर्शदिपले २ विकेट लिएँ । पुरै घम्साघम्सीपूर्ण यस खेलमा अन्ततः जित भारतकै भयो । एशिया कप लगतै भारतले अष्ट्रेलिया र साउथ अफ्रिकासंग ३, ३ टी–ट्वान्टी म्याच खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]