०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

एशिया कपमा भारतद्दारा पाकिस्तान पराजित

Logo
प्रकाशित सोमबार, भाद्र १३, २०७९

विराटनगर, भदौ १३
निरज बस्नेत
दुवईमा जारी एशिया कप अन्र्तगतको ग्रुप ए को पहिलो म्याचमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको छ । गएराति सम्पन्न खेलमा टस जितेको भारतले फिल्डिङ गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरको खेलमा १९.५ ओभरमा अलआउट हुदै पाकिस्तानले १ सय ४७ रन बनायो । जवाफी ब्याटीङ गरेको भारतले १९.४ ओभरमा निर्धारित लक्ष्य १ सय ४८ रन बनाएको हो ।

भारतका लागि रविन्द्र जडेजाले महत्वपूर्ण ३५ रन २९ बलमा बनाएँ । ५ औं विकेटको लागि जडेजाले हार्दिक पाण्ड्यसंग ५२ रनको साझेदारी गरेका हुन् । हार्दिकले १९ औं ओभर चलिरहदा तिन चौंका प्रहार गर्नु नै जितको आधार बनेको थियो ।

शुरुवातमा ओपनर के. एल. राहुललाई भारतले ० मै गुमाएको हो । कप्तान रोहित शर्मा १२, विराट कोहली ३५ रन बनाई आउट हुनपुगे । अन्तिम ३ बल बाँकी छदाँ भारतलाई जितका लागि आवश्यक ६ रन हुदा हिटर हार्दिकले छक्का हानी खेल जिताएँ ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले टिमको लागि खासै योगदान गर्न सकेनन् । बाबरले ९ बलमा १० रन मात्र प्रहार गरे । फखर जमान ६ बलमा १० रन, ईफ्तिखर २२ बलमा २८ रन, रिजवान ४१ बलमा ४३ रन, आसिफ ७ बलमा ९ रन, बनाई पवेलियन फर्किएका हुन् ।

भारतका लागि सर्वाधिक ४ विकेट भुवनेश्वर कुमारले लिन सफल भएका हुन् । हार्दिकले ३ र अर्शदिपले २ विकेट लिएँ । पुरै घम्साघम्सीपूर्ण यस खेलमा अन्ततः जित भारतकै भयो । एशिया कप लगतै भारतले अष्ट्रेलिया र साउथ अफ्रिकासंग ३, ३ टी–ट्वान्टी म्याच खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]