२० साउन २०८३, बुधबार
05-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कैलालीमा बाढीपीडितलाई राहतकाे माग

Logo

धनगढी, २ असोज ।

नेपाली काङ्ग्रेस कैलालीले यही भदौ ३०, ३१ र असोज १ परेको वर्षाका कारण प्रभावित बनेका परिवारलाई उचित राहत तथा र पुनस्थापनाको व्यवस्था मिलाउन माग गरेको छ । कैलालीका विभिन्न स्थानमा गरी एक हजार पाँच सय बढी परिवार प्रभावित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै काङ्ग्रेस कैलालीले विज्ञप्ती जारी गरेर तीनवटै तहका सरकारसंग यस्तो माग गरेको हो ।

प्राकृतिक विपदमा ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धान्जली दिँदै काङ्ग्रेस किलालीले प्रभावित भएका व्यक्ति र परिवारको उद्दार, राहत, बसोबास र पुनस्स्थापनाको कार्यमा खटिन काँग्रेस कैलालीका सम्पूर्ण इकाईहरु, भातृ तथा शुभेच्छुक संघसस्था, क्रियाशील सदस्यहरूलाई आह्वान समेत गरेको छ ।

प्राकृतिक विपदबाट प्रभावित तथा विस्थापित भएकाहरुलाई यथासिघ्र सुरक्षित बसोबासको व्यवस्था मिलाउन र उनीहरुलाई उचित राहत सामग्री उपलब्ध गराउँदै पुनस्र्थापनाको यथोचित व्यवस्था मिलाउन नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र कैलालीका सबै स्थानीय सरकारहरुसंग गरिएको छ । नदी कटान र डुबानका कारण भएको धनमालको यथासिघ्र यथार्थ विवरण संकलन गरी उचित क्षतिपूर्ति दिन पनि तीनै तहका सरकारहरुसंग माग गरिएको छ ।

‘कैलाली सहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति पीडितहरुको पीडामा संवेदना व्यक्त गर्दै नेपाल सरकार तथा प्रदेश सरकारलाई बेपत्ताहरुको खोजी कार्य प्रभावकारी बनाउन र पीडितहरुलाई यथासिघ्र उचित राहत तथा क्षतिपूर्ति र पुनस्र्थापनाको व्यवस्था मिलाउन नेपाली काँग्रेस कैलाली जोडदार माग गर्दछ’ काङ्ग्रेस कैलालीका सभापति नारायणदत्त भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]