०६ साउन २०८३, बुधबार
22-07-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नेकपामा माधव नेपालको डिमोसन, वरियतामा तिस्रोदेखि चौथौं

Logo

काठमाडौं, भाद्र २
नेकपामा माधवकुमार नेपालको तेस्रो वरियता खोसि चौथोमा पुर्याईएको छ । आईतवार बालुवाटरमा बसेको सचिवालय बैठकले झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो । यस निर्णयसँगै नेपाल अब चौथो नम्बरमा पुगेका छन् ।

एमाले र माओवादीबीच एकता हुँदा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि तेस्रो वरियतामा नेता नेपाललाई राखिएको थियो । नेता खनालले त्यसमा असहमति जनाउँदै आफू तेस्रो वरियतामा हुनुपर्ने माग गरेका थिए ।
आलीको बदलाको भाव : नेपाल
ओलीले एकिकरणका बेला झलनाथ खनालसँग बदला लिन आफूलाई तेस्रो वरियता दिएको र अहिले आफूसँग बदला लिन खनाललाई अघि सारेको नेपालको भनाई छ । नेपालले आफ्नो वरियता खोसिदा समेत बैठकमा कुनै प्रतिवाद नगरेको सहभागीहरुले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]