२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

मोरङ–५ मा राप्रपाका उम्मेदवार थापाको आक्रमक चुनावी प्रचार–प्रसार

Logo

विराटनगर, कार्तिक १८
निरज बस्नेत
मोरङ–५ का राप्रपाका उम्मेदवार रेवत बहादुर थापाको विराटनगर केन्द्रित आक्रमक चुनावी प्रचार–प्रसारले तीव्रता पाएको छ । विराटनगर–१५ हाडताली चोकमा शुक्रवार चुनावी सभालाई सम्वोधन गर्दे थापाले भ्रष्टाचारको मूल जरालाई आफूले उखेल्ने प्रण मतदातामाझ गरेका छन् । जसको लागि मंसीर–४ को चुनावमा अत्यधिक मतले विजयी गराउन सवैलाई आग्रह गरे ।

भ्रष्टाचार विरोधी नेताकै छवि बनाएका थापालाई सवैमिली मत हालेर साथ दिने यस हाडताली हाटका मतदाताले कार्यक्रममा वाचा समेत गरेका छन् । कार्यक्रममा सयौंको संख्यामा मानिसहरुको उपस्थिती रहेको थियो ।

३२ बर्ष नेपाल प्रहरीमा जागिर खाई देश जनताको पक्षमा पवित्र मनले सेवा गरेका थापा आफैं समाजसेवाको क्षेत्रमा आफ्नै कर्मले सधै एककदम अगाडी रहदै आएका छन् । कसैको पनि दुःख हेर्न नसक्ने थापा मनकारी सवभावका छन् ।

विराटनगर–१५ मा रहेको विराटनगरको शानको रुपमा रहदै आएको जुटमिल उधोग आज ध्वस्त झै रहेको छ । यसको मुख्य जिम्मेवार ठूला भनिएका दलहरुनै हुन् । सवैमिली यसलाई बेची खाने भाँडो बनाएँ । यसप्रति सम्झिदा समेत थापाको मन भक्कानिन्छ ।

यी यावत् कैयन् समस्याको चाङ आज विराटनगर–१५ मा जस्ताको तस्तै छ । वि.स. २०१९ को त्यो वेलाको विराटनगर–१५ मा आउँदाको पलहरु समेत थापाले कार्यक्रममा मन्तव्य राख्ने क्रममा स्मरण गरे । मोरङ–५ अन्र्तगत विराटनगरका वडा न. १३ देखी १८ सम्म पर्छ । आज विराटनगर–१५ मा कार्यक्रम भएको छ । आगामी दिनहरुमा, विराटनगर केन्द्रित अन्य वडाहरुमा समेत चुनावी प्रचार–प्रसारले तीव्रता पाउने कुराको जानकारी थापाले दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]