१८ भाद्र २०८२, बुधबार
03-09-2025 , Wed
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

संगीतमा जादू

Logo
प्रकाशित बुधबार, मंसिर २१, २०७९

विराटनगर, मंसीर २१
निरज बस्नेत
मानिसको जीवन संगीतको धून लिएर आएको हुन्छ । बच्चा जन्मिनासाथ च्याँच्याँको आवाजसहित रुदैं यस पृथ्वीमा आँउछ । जुन रुवाईमा संगीत लुकेको हुन्छ ।

जापानमा एउटा अस्पताल छ, जहाँ संगीतको धून बजाएर विरामी निको हुन्छ । संगीतको जादू चमत्कारिक हुने गरेको छ । बच्चा, जवान, बृद्द, सवै उमेर समूहका मानिस संगीतमा लठ्ठिने गर्दछन् । दुःख–सुखको सँगैको साथी संगीत नै हुने गर्दछ । संगीतको तालमा मानिस यस्तरी बग्दछ की मानिसले समय कटेको पत्तै पाउँदैन ।

अहिले विन्टर सिजन सुरु भईसकेको अवस्था छ । यतिबेला वनभोज जानेको अनि रमाइलो गर्नेको जमात् बढिरहेको छ । पिकनिकमा संगीतको स्थान अनिवार्य हुन्छ । जुन वनभोजमा संगीत गुन्जिदैन, त्यो पिकनिकमा रमाइलो हुदैन भन्दा सही हुन्छ । यस्ता मनोरन्जनका अन्य थुप्रै कार्यक्रममा संगीतले तरंग ल्याइदिन्छ ।

दुःखमा पीडाको गाना, सुखमा रमाइलो गानाको साथमा मानिसले आफ्नो समय बिताउने गर्छ । संगीत मननपर्ने सायद मानिस भेटिदैन । भर्खरै नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न भएको छ । यस इलेक्सनमा संगीतलाई विभिन्न पार्टीहरुले प्रचार–प्रसारमा व्यापक प्रयोग गरे । संगीतमा मन छुने विविध धूनले धेरै मतदातालाई आकर्षित गरेको पाइयो । यसवाट धेरै पार्टीलाई चुनाव जित्न सघाउ नै पुगेको देखियो ।

मानिसको मृत्यु हुदाँ समेत शोकाकूल परिवारले रुँदा , त्यो रुवाइमा एकप्रकारको कर्कस धून निस्कने गर्छ , जुन रुवाइमा वेदना भरिएको हुन्छ । विश्व प्रसिद्द पप सम्राट माइकल ज्याक्सन, जो आज हामी बीच छैनन् । मृत्यु पश्चात् पनि यिनको संगीतको व्यापक चर्चा संसारभर हुन्छ ।

नेपालका स्वर सम्राट स्व. नारायण गोपालको जादूमयी आवाजले हरकोहीको मन छोएको त्यो बेला पनि थियो, आज पनि छ, र भोली पनि निरन्तर रहिरहनेछ । स्व. गोपालका कालजयी गानाहरु सधैभरि सदावहार नै हुनेछन् । जसरी माया–प्रेममा सव जायज हुन्छ । संगीतमा पनि यस्तै नै हुन्छ ।

संगीतको कुनै भाषा हुदैन । जुनसुकै ल्याङवेजको गाना होस् मानिस झुमी हाल्छ । संगीतमा त्यो गहिराई हुन्छ, जुन मापन भन्दा बाहिर हुन्छ । हाँसो–रोदनको मिश्रण संगीत हो । खुशी–पीरको संगम संगीत हो ।

पन्जे बाजाको धूनमा विछ्छटै आनन्द पाइन्छ । सारंगीको धूनमा अद्भूत जादू छ । मादल काखमा राखेर मादलुको तालमा झन् बेग्लै रमाइलो हुन्छ । गितार, प्यानो, अन्य–अन्य संगीतका साधनहरुको आवाजमा मानिसले भित्रदेखीको मनबाट सुखानुभूति प्राप्त गर्छ ।

समग्रमा संगीत प्रत्येक मानिसको लाइफस्टाइल हो । संगीत जीवन जीउने नभई नहुने सवथोक हो । संगीत विनाको मानिसको जीवन जिव्रो विनाको भन्दा हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]