३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा ब्राजिल भर्सेज क्रोएसिया बीचको खेल देखाइदै

Logo

विराटनगर, मंसीर २३
निरज बस्नेत
विराटनगरको मेनरोडमा अवस्थित सेन्ट्रल मलमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा शुक्रवारको ब्राजिल भर्सेज क्रोएसिया बीचको क्वार्टरफाइनल खेल देखाइने पक्का भएको छ ।

यसको लागि रु. २ सयको टिकट फिक्स गरिएको छ । नेपाली समय अनुसार यो गेम आज राती ८ः४५ मा शुरु हुनेछ । आजको खेल ब्राजिलले नै जित्ने धेरै फुटवलप्रेमीको प्रेडिक्सन रहेको छ । हुन त खेल हो । खेलमा यही टिमले नै जित्छ यसै भन्न सकिन्न ।

सर्वाधिक ५ पटकको विश्वविजेता ब्राजिलका प्लेइङ सेटका सवै खेलाडी पूरै लयमा छन् । टिटेको प्रशिक्षणमा ब्राजिलले आक्रमक खेलकला मैदानमा प्रस्तुत गरिरहेको छ । ब्राजिल थिएगो सिल्भाको कप्तानीमा रहेको छ । ब्राजिलका लागि नेयमर भरपर्दा फरवार्ड हुन् । यिनी पूरै ९० मिनेट मैदानमा डटेर खेल्न सक्ने ल्याकत राख्छन् ।

कसिमिरो, रिचार्लिसन, फ्रेड, लगायतका खेलाडी ब्राजिलका भरपर्दा छन् । समग्रमा ब्राजिलको पूरै टीम लयमा छ । यो पालीको वल्र्डकप ब्राजिलको पोल्टामा जाने फुटवलप्रेमी धेरैको दावी छ ।

आजै १२ः४५ मा अर्जेन्टिना भर्सेज नेदरल्याण्ड्स बीचमा दोस्रो क्वार्टरफाइनल गेम हुदैछ । यी दुइ खेलको विजेता बीचमा पहिलो सेमीफाइनल खेल हुनेछ । तसर्थ आजको दुवै खेल रोचक हुने अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]