२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा ब्राजिल भर्सेज क्रोएसिया बीचको खेल देखाइदै

Logo
प्रकाशित शुक्रबार, मंसिर २३, २०७९

विराटनगर, मंसीर २३
निरज बस्नेत
विराटनगरको मेनरोडमा अवस्थित सेन्ट्रल मलमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा शुक्रवारको ब्राजिल भर्सेज क्रोएसिया बीचको क्वार्टरफाइनल खेल देखाइने पक्का भएको छ ।

यसको लागि रु. २ सयको टिकट फिक्स गरिएको छ । नेपाली समय अनुसार यो गेम आज राती ८ः४५ मा शुरु हुनेछ । आजको खेल ब्राजिलले नै जित्ने धेरै फुटवलप्रेमीको प्रेडिक्सन रहेको छ । हुन त खेल हो । खेलमा यही टिमले नै जित्छ यसै भन्न सकिन्न ।

सर्वाधिक ५ पटकको विश्वविजेता ब्राजिलका प्लेइङ सेटका सवै खेलाडी पूरै लयमा छन् । टिटेको प्रशिक्षणमा ब्राजिलले आक्रमक खेलकला मैदानमा प्रस्तुत गरिरहेको छ । ब्राजिल थिएगो सिल्भाको कप्तानीमा रहेको छ । ब्राजिलका लागि नेयमर भरपर्दा फरवार्ड हुन् । यिनी पूरै ९० मिनेट मैदानमा डटेर खेल्न सक्ने ल्याकत राख्छन् ।

कसिमिरो, रिचार्लिसन, फ्रेड, लगायतका खेलाडी ब्राजिलका भरपर्दा छन् । समग्रमा ब्राजिलको पूरै टीम लयमा छ । यो पालीको वल्र्डकप ब्राजिलको पोल्टामा जाने फुटवलप्रेमी धेरैको दावी छ ।

आजै १२ः४५ मा अर्जेन्टिना भर्सेज नेदरल्याण्ड्स बीचमा दोस्रो क्वार्टरफाइनल गेम हुदैछ । यी दुइ खेलको विजेता बीचमा पहिलो सेमीफाइनल खेल हुनेछ । तसर्थ आजको दुवै खेल रोचक हुने अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]