१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराट एक्स्पो एक्स्पोको तयारी पूरा, राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने

Logo

विराटनगर, मंसिर २८
विराटनगरमा मंसिर २९ गतेदेखि पुस ६ गते सम्म सञ्चालन हुने विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छन् ।
विराटनगरमा आयोजना हुने विराट एक्पो विगतमाभन्दा फरक र भव्य हुने आयोजक समितिको दाबी छ । एक्स्पोका संयोजक भोलेश्वर दुलालले विगतको भन्दा फरक तरिकाले एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिए । उनले नयाँ प्रविधिको प्रयोग गरेर एक्स्पो आयोजना गर्न लागिएको बताए । प्रविधिँगै एक्स्पोमा रोबटसँग भेटघाट, भिआरबाट पर्यटकीय क्षेत्रको अवलोकन गराउने, माउण्टेन फ्लाइट, कृषि, पर्यटनको छुट्टै पेभेलियन रहेको ।
उद्योग, व्यवसाय, कृषि, पर्यटनलगायतका क्षेत्रमा काम गर्न चाहनेहरूका लागि एक्स्पो उपयोगी हुने उनले बताए । विभिन्न क्षेत्रका ४ सय ७५ प्रवद्र्धकहरू सहभागी हुने भएकाले नयाँ उद्यम गर्न चाहनेहरूका लागि एक्स्पो अत्यन्तै उपयोगी हुने दुलालले बताएका हुन् । उनले एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । दुलालले एक्स्पोमा सरसफाई र केही साना कामहरू बाँकी रहे पनि मंसिर २८ गते रातिसम्ममा सबै काम पूरा हुने दाबी गरे । एक्स्पोको अवलोकनका लागि ३ लाख बढी अवलोकनकर्ताहरू आउने आयोजक समितिले जनाएको छ ।
एक्स्पोको अर्को आकर्षण फालिएका प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीहरुको पुनः प्रयोग गर्नुपर्दछ भन्ने सचेतना अभिवृद्धि गर्ने उद्देश्यले राखिएको छ । त्यसका लागि प्लाष्टिकजन्य प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योगहरुको संस्थासँगको सहकार्यमा रिडियुस्, रियुज र रिसाइकल थिममा फेसन शो हुनेछ । मोडलहरुले त्यस्ता सामग्रीहरुबाट फेबिक्रेट गरिएका कपडाहरु लगाउने छन् ।
त्यसैगरी, प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । उद्घाटनको दिन बिहीबार स्वपना सुमन ब्याण्डको प्रस्तुती रहेसँगै क्रमसमा गायक दीपक बज्राचार्य, मिस्टर डि ¥यापर, गायिका अस्मिता अधिकारी, चि मुसी चि (¥यापर तथा मुभी प्रिमियर) र ¥यापर हङ र गायिका इन्दिरा जोशीको प्रस्तुती हुने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]