२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

पेलेको मृत्युको खवरले विश्व फुटवल पूरै शोकमा, ब्रालिलमा राष्ट्रिय शोक

Logo
प्रकाशित शुक्रबार, पुष १५, २०७९

निरज बस्नेत
विराटनगर, पुष १५
विश्वविख्यात फुटवल प्लेयर एडसन अरान्ते दो नासिमेन्तो(पेलेको नामले संसारभर चर्चित)को निधनले आज विश्व जगत्लाई दुःखित बनाएको छ । ८२ वर्षको उमेरमा पेलेको मृत्यु भएको हो । लामो समयदेखी पेले क्यान्सरबाट पीडित रहदै आएका थिए ।

साओ पाउलोको अल्वर्ट आइन्स्टाइन अस्पतालले स्थानीय समयअनुसार दिउँसो ३ः२७ बजे पेलेको मृत्यु भएको पुष्टि गरेको थियो । १७ बर्षकै उमेरमा अन्तराष्ट्रिय फुटवलमा पेलेले डेब्यु छलाङ मारेका थिए ।

पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जिताएर ब्रालिललाई विश्व फुटवलमा गर्व गर्न लायक ठाउँमा पुर्याएका थिए । विश्वकपमा १४ खेल खेलेका यिनले १२ गोल पनि गरेका छन् ।

सन् २००० मा फिफाले पेलेलाई दशकको खेलाडी घोषणा गरेको थियो । फुटवलमा पेलले ६२ बर्ष विताए । त्यस्तैगरी यिनले २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरेका छन् ।

ब्राजिलको जर्सीमा ९२ खेल खेल्दै ७७ गोल समेत पेलेको नाममा छ । पेलेको निधनमा ब्रालिलले ३ दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । राष्ट्रपति जैर बोल्सोनारोको सरकारले पेलेलाईलाई एक महान् देशभक्ति नागरिको संज्ञा दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]