१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

पेलेको मृत्युको खवरले विश्व फुटवल पूरै शोकमा, ब्रालिलमा राष्ट्रिय शोक

Logo

निरज बस्नेत
विराटनगर, पुष १५
विश्वविख्यात फुटवल प्लेयर एडसन अरान्ते दो नासिमेन्तो(पेलेको नामले संसारभर चर्चित)को निधनले आज विश्व जगत्लाई दुःखित बनाएको छ । ८२ वर्षको उमेरमा पेलेको मृत्यु भएको हो । लामो समयदेखी पेले क्यान्सरबाट पीडित रहदै आएका थिए ।

साओ पाउलोको अल्वर्ट आइन्स्टाइन अस्पतालले स्थानीय समयअनुसार दिउँसो ३ः२७ बजे पेलेको मृत्यु भएको पुष्टि गरेको थियो । १७ बर्षकै उमेरमा अन्तराष्ट्रिय फुटवलमा पेलेले डेब्यु छलाङ मारेका थिए ।

पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जिताएर ब्रालिललाई विश्व फुटवलमा गर्व गर्न लायक ठाउँमा पुर्याएका थिए । विश्वकपमा १४ खेल खेलेका यिनले १२ गोल पनि गरेका छन् ।

सन् २००० मा फिफाले पेलेलाई दशकको खेलाडी घोषणा गरेको थियो । फुटवलमा पेलले ६२ बर्ष विताए । त्यस्तैगरी यिनले २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरेका छन् ।

ब्राजिलको जर्सीमा ९२ खेल खेल्दै ७७ गोल समेत पेलेको नाममा छ । पेलेको निधनमा ब्रालिलले ३ दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । राष्ट्रपति जैर बोल्सोनारोको सरकारले पेलेलाईलाई एक महान् देशभक्ति नागरिको संज्ञा दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]