२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

मन्टेश्वरी शिक्षामा अग्रणी स्थान ओगट्न सफल किड्स भिलेज

Logo
प्रकाशित मंगलबार, माघ १०, २०७९

निरज बस्नेत
विराटनगर, माघ १०

विराटनगरमा रहेको किड्स भिलेज मन्टेश्वरीले गुणस्तरीय शिक्षामा आफूलाई विरराटनगरमै अग्रणी स्थानमा पुर्याएको छ । वि.सं. २०७० सालमा स्थापित यो मन्टेश्वरीमा हाल ३५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

स्थापनाकालमा ३२ विद्यार्थीबाट शुरु गरिएको थियो । जोशिला केही युवाहरुले खोलेको यो मन्टेश्वरीमा सरस्वती पूजाको पावन अवसरमा अक्षराम्भको विशेष मौकामा निःशुल्क भर्ना अभियान चलाइने कुराको जानकारी यस मन्टेश्वरीका निर्देशक नवोजित प्रधानले दिएका छन् ।

प्रधान आफै विराटनगरका ३–४ वटा कलेजहरुमा अध्यापन गराउँदै आउँदै छन् । यो सँगै आफ्नो समयका पढाइमा अव्वल विद्यार्थी समेत प्रधान रहेका थिँए ।

अक्षराम्भको दिनमा निर्देशक प्रधानले विद्यार्थी, अभिभावक, शुभचिन्तक, साथीभाई सवैलाई हार्दिकतापूर्वक निमन्त्रणा दिएका छन् ।

पिजी तथा नर्सरीमा अभिभावकहरुले आफ्ना बालबच्चालाई सरस्वती पूजाको दिनमा यहाँस्थित किड्स भिलेजमा निशुल्क भर्ना गराउँन सक्ने कुरा समेत प्रधान बताउँछन् ।

विराटनगरमा–५ कृषि भवन पछाडी, भृकुटी चोक(कृषि मार्ग) मा यो मन्टेश्वरी अवस्थित छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख १६ । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सहमति नजिक पुगेको छ। सत्तारूढ दल र शिक्षक महासंघबीच सोमबार भएको छलफलले यस्तो संकेत दिएको हो। २७ दिनदेखि चलिरहेको आन्दोलन टुंगिने सम्भावना बढेको छ। शिक्षकका माग सम्बोधन गर्ने तीन खाकामा छलफल भएको छ – केही माग मन्त्रिपरिषद्बाट पूरा गरिने, विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता र […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

काठमाडाैं, चैत ७ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबारदेखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष पाँच लाख १४ हजार ७१ जना विद्यार्थीले परीक्षा दिँदैछन्, जुन गत वर्षको तुलनामा ४९ हजार बढी हो। परीक्षा देशभरका २,०७९ केन्द्रमा बिहान ८ बजेदेखि सञ्चालन भइरहेको छ। आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य […]