२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

उर्लावारीको शान उर्लावारी प्रादेशिक महोत्सवको तयारी अन्तिम चरणमा

Logo

निरज बस्नेत
उर्लावारी, माघ १७
उर्लावारीको शान–उर्लावारी प्रादेशिक महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । मोरङ जिल्लाको प्रमुख शहर उर्लावारी नगरपालिका–४ मा यही २१ माघबाट शुरु भएर माघ २९ गतेसम्म गरी जम्मा ९ दिनसम्म महोत्सव लाग्दैछ ।

२ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने बताइएको यो प्रादेशिक स्तरको महोत्सव बताइएको छ । महोत्सवको तयारी लगभग अन्तिम–अन्तिम चरणममा पुगेको महोत्सव समितिका संयोजक भरत भट्टराइले जानकारी दिएका छन् ।

उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारीका अनुसार महोत्सवले कृषि तथा पर्यटनलाई टेवा पुर्याउँने बताएँ । महोत्सवमा २५ करोड बढीको कारोवार हुने आयोजकको दावी छ ।

उर्लावारी–४ नगरपालिका पूर्वपट्टीको खाली चौरमा महोत्सव लाग्नेछ । संयोजक भट्टराइका अनुसार महोत्सवमा नेपाल लगायत, छिमेकी राष्ट्रहरु, भारत, पाकिस्तान, बंगलादेश लगायतको समेत सहभागिता रहनेछ ।

सह–संयोजक प्रितम खड्गीका अनुसार महोत्सवमा १७० बढी स्टलहरु रहनेछन् । दैनिक सांस्कृतिक कार्यक्रम महोत्सवको मुख्य आकर्षणको रुपमा रहनेछ । त्यस्तैगरी अध्यक्ष भण्डारीका अनुसार महोत्सवमा स–साना नानीहरुका लागि बाल उद्यानका अलावा मनोरन्जनका विविध खेल समाग्रीहरु हुने जानकारी दिएँ ।

उर्लावारी उद्योग वाणिज्य संघ मुख्य आयोजक रहेको महोत्सवमा उर्लावारी नगरपालिका संरक्षक हो । यस्तैगरी महोत्सवलाई सफल बनाउँन, छिमेकी पालिकाहरु तथा प्रदेशका विभिन्न मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ लगायतको साथ रहेको उर्लावारी उद्योग वाणिज्य संघका महासचिव हेमराज गुरुङले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]