२५ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
Gold Silver Price (25 falgun 2082, Monday)
Fine Gold 1 Tola NRs. 313700
Silver 1 Tola Nrs. 5425

राम्रो फूलवारी

Logo

निरज बस्नेत
विराटनगर, फागुन ६
नामजस्तै फुलवारी चलचित्र राम्रो बनेको छ । यो चलचित्र हेरी हलबाट बाहिरिएका केही दर्शकको प्रतिक्रिया स्वरुप आएको कमेन्ट बेस्ट छ । चललचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । गुरुङ राम्रो कन्टेन्टमा मुवी बनाउन खप्पिस मानिन्छन् ।

कन्टेन्ट राम्रो भएर नै विराटनगरका प्रभावशाली कलाकार विपिन कार्कीले फूलवारीमा काम गरेको बताउँछन् । कार्कीले नेपाली फिल्म इन्स्ष्ट्रीजमा गतिलै छाप पनि छोड्ने गर्छन् । यिनको अभिनयको तारिफ चौतर्फी हुने गरेको छ । विराटनगरका विवेकराज जोशी त कार्कीको अभिनयको मुक्तकण्ठले तारिफ गर्छन् ।

चललचित्रमा कार्की देखी वाहेक दयाहाङ राईको समेत प्रस्तुती हेर्न पाइन्छ । राइको त झन् कलाकारिता उँचाइमा छ । थिएटर हुदै ठूलो पर्दामा छलाङ मारेका राई आफैमा बहुप्रतिभाशाली कलाकार मानिन्छन् । त्यस्तैगरी फूलवारीमा प्रियंका कार्कीको अभिनयले त दर्शकललाई २ घण्टा १० मिनेट समय वितेको पत्तै दिदैन । कथामा बाधिरहन प्रियंकाको एक्टिङले चलचित्रमा जान थपेको छ ।

इलामको एउटा सानो गाउँमा रिटायर्ड लाइफ विताइरहेका श्रीमान् जयनारायण शर्मा र श्रीमती लक्ष्मी शर्माको जीवनका आरोह–अवरोह मुवीले समेटेको छ । उक्त कथामा उनीहरुको संतानको राम्रो भविष्यको लागि अभिभावकले गरेको संघर्षलाई फिल्ममा रोचक ढंगले देखाउन निर्देशक सफल भएका छन् ।

बाँकी भरपूर मरमसला त अरु चलचित्र जस्तै छदैछ । फूलवारी अहिले देशभर चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]