०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

विश्वाशमा तिमी : कविता

Logo

कविता

आकासभन्दा ठूलो हुन्छ मन
मनभन्दा ठूलो माया हुन्छ
मायाभन्दा अझै ठूला विश्वाश
विश्वाशभन्दा ठूलो केही छैन जीवनमा ।

विश्वाशमै अडिएको वाचा, बन्धन
विश्वाशमै अडिएको नाता सम्बन्ध,
विश्वाशमै अडिएको छ संसार
विश्वाशभन्दा ठूलो के छ र संसारमा ।

एकै क्षणको बहकाईमा तिमीले
विश्वाशलाई नगुमाउनु,
पलभरको खुसी पाउन तिमीले
विश्वाशलाई नरुझाउनु ।

रोजेर नपाउने माया पनि
सोचेर पाइन सक्छ,
किनेर नपाइने विश्वाश यहाँ
जीतेर पाइन सक्छ ।

विश्वाशमा अडिएको वाचा पनि
बहकाईमा टुट्न सक्छ,
बाधेर राख्न नसक्दा मनलाई
नाता सम्बन्ध टुट्न सक्छ ।

सम्हालेर राख्न नसक्दा आफूलाई
आफ्नै धर्म लुट्न सक्छ,
विश्वाशमा अडिएको सम्बन्ध पनि
क्षणभरमै टुट्न सक्छ ।

बलेको आगो ताप्न खोज्दा
संगै आफै पनि जल्न सक्छ
तनको आगो निभाउन खोज्दा
विश्वाश पनि निभ्न सक्छ ।

अन्तै बहकिदिने मनलाई पनि
विश्वाशले जीत्न सक्छ,
नजानु कसैको बहकाईमा तिमीले
आफ्नै अष्मिता डुब्न सक्छ ।

कतै विश्वाश मागेर पाइन्न
न त किनेर पाइन्छ, विश्वाश,
हराएको विश्वाश खोजेर पाइन्न
बरु जीतेरै पाउन सकिन्छ विश्वाश |

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]