०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
Gold Silver Price (3 chaitra 2082, TUE)
Fine Gold 1 Tola NRs. 310400
Silver 1 Tola Nrs. 5350

उद्घाटन खेलमा आर्मी विजयी

Logo

विराटनगर, चैत २२
शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चैथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता बुधबारदेखि विराटनगरमा सुरु भएको छ । उद्घाटन खेलमा नेपाल आर्मीले विजयी सुरुवात गर्याे ।

विराटनगरको सहिद रंगशालाका नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको उद्घाटन खेलमा नेपाल आर्मीले नेपाल पुलिस क्लबलाई ६–१ गोल फरकमा पराजित गरेको छ । आर्मीका लागि देवसिंह धामीले २ गोल तथा रोशन चौधरी, प्रदीप राजवंशी, रोमन राना र नितिस न्यौपाने समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए । पुलिसका लागि एक मात्र सान्तवना गोल महेश धामीले गरे ।

खेलको म्यान अफ द म्याच आर्मीका देवसिंह धामी भए । आर्मी विजयी हुँदै ३ अंक बटुल्न सफल भएको छ ।
चैत २७ गतेसम्म हुने प्रतियोगितामा २ विभागीयसहित ७ वटा टोलीको सहभागिता रहेको छ । नेपाल आर्मी, नेपाल पुसिल विभागीय टोलीका साथै कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल कोसी प्रदेश र मधेस प्रदेश, दोस्रो गण्डकी र नेपाल पुलिस तथा तेस्रो खेल नेपाल आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]