०४ माघ २०८२, शनिबार
17-01-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

कांग्रेस जिताउन केन्द्रिय सदस्य भिम पराजुलीकाे टाेली लागे देशव्यापी अभियानमा

Logo

काठमाडाैं , बैशाख ३
शनिबार तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन मोरङ कांग्रेसका नेतागणको टोली तनहुँ पुगेको छ । त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भेटर टाेलीले शुवेक्षा समेत प्रकट गर्याे ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीको नेतृत्वमा तनहुँ पुगेको टोली त्यहाँकाे चुनावी प्रचार प्रसार अभियानमा समेत सरिक भयाे । पराजुली संगै नेपाली कांग्रेस मोरङका युवा नेताहरु अरुण न्यौपाने,प्रविण जोशी र विनायक पन्तको टाेलीमा सहभागिता रहेको छ । उनीहरु तनहुँ , तलको छाउदी , रम्घा टार ,माथिको भानु नगरपालिका देउरालि टार लगायतका चुनावी कार्यक्रममा सहभागी बने ।

अब साे टाेली चितवन क्षेत्र नं २ तर्फ जाने टाेलीका सदस्य जाेशीले जानकारी दिएका छन् । चितवन पुगपछि बाँकी क्षेत्रतर्फ कांग्रेस जिताऔं अभियानलाई अघि बढाउने टाेलीका आर्का सदस्य  न्याैपानेले बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

काठमाडौं ,१७ पुस । गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिए । आयोगले आज गृह मन्त्रालयलाई पत्र लेखी लेखकको […]

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलन सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, भदौ २४ गते नख्खु कारागारलगायतका […]