१८ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

जुरेली ब्राण्ड

Logo
प्रकाशित बुधबार, बैशाख १३, २०८०

निरज बस्नेत
धरान, सुनसरी, बैशाख १३
नेपालको सुन्दर नगरी सुनसरीको धरानमा रहेर विगत लामो समयदेखी कलाकारिता फिल्डमा रहेर ख्याती कमाउँदै आइरहेका कलाकारको नाम हो विनोद रसाइली ।

नाम विनोद भएतापनि यिनी धरानभरि जुरेली नामले चर्चित छन् । यिनै जुरेली ब्यानरमा बनेको चलचित्र प्रभु कति महान् , को प्रिमियर शो धरानको सैनिक भवनमा सोमवार सम्पन्न भएको छ ।

विहान ११ बजे र दिउँसो ४ बजेको गरी २ शो मा उक्त चलचित्र देखाइएको थियो । चलचित्रले २०३० सालको प्रसंग उठाएको छ । यस समयमा नेपालमा क्रिश्चियन धर्मलाई हेपाहा प्रवृतिले हाम्रो समाजमा हेरिन्थ्यो ।

कालान्तरमा नेपालमा २०४७ सालमा बहुदलीय व्यवस्था आएपछि यस धर्मप्रति रहँदै आएको थिचोमिचोको अन्त्य भएको कुरा उक्त चलचित्रमा देखाइएको छ । चलचित्र हेर्न भनेर सैनिक भवनमा थेगिनसक्नु दर्शकहरु आएका थिए ।

धरानमा रहेर जुरेली आफैमा एउटा ब्राण्ड नै स्थापित भइसकेको छ । यसलाइ यस चलचित्रबाट जुरेलीले अझबढ्ता मिहिनेतका साथ दर्शक रिझाएका छन् ।

चलचित्रको लेखन अनि निर्देशकको पाटो कलाकार प्रकाश लिम्वूले सम्हालेका छन् । चलचित्र राम्रो बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]

काठमाडाैं, जेठ १।  गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ युट्युबमार्फत सार्वजनिक भएको छ। सुमन पण्डित ‘बैरागी’को शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतले त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ। भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री प्रियंका कार्की र कबिता नेपालीको अभिनय देख्न सकिन्छ। दुई युवती र एक युवकबीचको प्रेम, […]

विराटनगर,१९ फाल्गुन / विराटनगरका सक्रिय पत्रकार एवं कवि मीनकुमार नवोदित ‘दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा संखुवासभाको मकालु गाउँपालिकाले नुमबजारमा आयोजना गरेको चारदिने भव्य समारोहमा नवोदित सम्मानित भएका हुन् । विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारिता […]