२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

दमकका निजी अस्पतालले दिदैनन् विपन्नलाई नियमअनुसार छुट सुविधा

Logo
विष्णु पाैडेल

दमक
दमकमा सञ्चालित निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुले अस्पतालमा उपचार सेवाका लागि राज्यद्धारा निर्धारित न्यूनतम मापदण्ड तथा शर्तहरु पालना गरेका छैनन् । स्वास्थ्य जस्तो संवेदनशील संस्थामा रहेको फितलो व्यवस्थापनलाई सुधार्न नियमनकारी निकायले कुनै कदम नचल्दा अस्पतालहरुमा मनपरी प्रवृत्ती मौलाएको छ ।
२०७४ कार्तिक २२ को मन्त्रीस्तरीय निर्णयानुसार स्वीकृत अस्पताल सञ्चालन मापदण्डको उल्लंघन रोक्नुपर्ने स्थानीय सरकारले समेत अनदेखा गरिरहेको छ ।

स्वास्थ्य संस्थाहरुको दर्ता, अनुमति तथा नविकरण सम्बन्धी निर्देशिका २०७४ अनुसार स्थानीय तहमा स्वास्थ्य संस्था सञ्चालनका लागि विभिन्न मापदण्ड तथा शर्तहरु तोकिएको भएपनि यहाँ चलिरहेका स्वास्थ्य संस्थाहरुले त्यसको पालना गरेका छैनन । निर्देशिकामा उल्लेख भए बमोजिम १० प्रतिशत शैया विपन्न, असहायहरुलाई उपलब्ध गराएर उपचार सेवाको अभिलेख राख्नु पर्ने र सोको प्रतिवेदन सम्बन्धित पालिकाको कार्यालयमा नियमित रुपमा पठाउनुपर्ने व्यवस्था छ । तर यहाँका अस्पतालहरुले गरीब , असहायहरुको उपचारका लागि कुनैपनि शैया आरक्षित गरेका छैनन । ति अस्पतालहरुले अहिले सम्म आरक्षण गरिएको बेडमा राखेर सेवा प्रदान गरेको कुनै तथ्याङक पालिकामा पेश गरेका छैनन् । त्यस्ता संस्थाहरुको नविकरणका लागि स्थानीय तहले सिफारिस गर्दा तोकिएका मापदण्ड पालना नगरेको बिषयलाई नजरअन्दाज गर्ने गरेको छ ।

त्यस्तै अस्पतालहरुमा ज्येष्ठ नागरिकहरुलाई विशेष किसिमका सुविधाका व्यवस्था हुन पर्ने र आवश्यक मात्रामा शैया छुटयाउनु पर्नेमा यहाँका निजी अस्पतालहरुले त्यसको पालना गरेका छैनन् । अस्पतालले परि आउन सक्ने विपद् व्यवस्थापनको कार्ययोजना बनाएको हुनु पर्ने र सो कार्यका लागि सम्पर्क व्यक्ति तोकेर सोको जानकारी सम्बन्धित पालिकाको कार्यालय र जिल्ला समन्वय समितिमा दिनुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।

त्यस्तै अस्पतालमा प्रति पच्चीस शैयाका लागि एक जना एम.डी.जी.पी. चिकित्सक हुनुपर्नेछ तर एम.डी.जी.पी. चिकित्सक नपाईने अवस्थामा पच्चीस शैयाका अस्पतालमा प्रसुती तथा स्त्री रोग विशेषज्ञ र बाल रोग विशेषज्ञ हुनुपर्नेमा त्यसको समेत पालना गरेका छैनन् । शल्यक्रिया प्रदान गर्ने कक्षमा प्रति शैया कम्तीमा एक जना शल्यचिकित्सक, एक जना एनेस्थेटिक्स, एक जना ईन्चार्ज, एक जना शल्यक्रिया सहायक र एक जना नर्स , जनरल कक्षमा प्रति चार देखि छ शैयामा एक जना स्टाफ नर्सको व्यवस्था गरिनु पर्ने , ईमर्जेन्सी तथा पोष्ट अपरेटिभ कक्षमा प्रति दुई शैयामा एक जना नर्स , सघन उपचार कक्ष, आई.सी.यू. , एन.आई.सी.यू, सी.सी.यू. आदिमा प्रति शैयामा एक जना स्टाफ नर्सको व्यवस्था हुनुपर्ने पनि तोकेको छ ।

त्यस्तै प्रसुती कक्षका लेवर वेडमा प्रति वेड दुई एस.वी.ए., तालिम प्राप्त नर्स वा मीडवाईफ्रीको व्यवस्था हुनुपर्ने हाे र अस्पतालमा कम्तीमा एक जना मेडिकल रेर्कडर , चौबीसै घण्टा सेवा उपलब्ध गराउने गरी फर्मासिष्ट लगायत आवश्यक संख्यामा जनशक्तिका व्यवस्था गरिएको हुनुपर्नेमा अधिकांशले काम चलाउ जनशक्तिका भरमा अस्पताल चलाउँदा यहाँको सेवा जोखिमयुक्त बनेको पाइन्छ । अस्पतालमा कम्तीमा दुई तिहाइ पूर्णकालीन स्वास्थ्यकर्मी हुनुपर्नेमा एक तिहाई पनि स्वास्थ्यकर्मी पूर्णकालिन राखेको पाइँदैन ।
दमकमा हाल निजी अस्पतालका रुपमा ५० शैयाको स्वीकृति लिएर सञ्चालनमा रहेको एक मात्र निजी अस्पतालका रुपमा लाइफलाइन अस्पताल रहेको छ भने १०० शैयाको अनुमति प्राप्त सामुदायिक तथा गैह्रसरकारी स्वामित्वको अस्पताल आम्दा अस्पताल हो । यहाँ ऊँ मेची अस्पतालल, एडभान्स , निम्स नेशनल , दमक हस्पिटल एण्ड रिसर्च सेन्टर र नमस्ते पब्लिक हस्पिटल पनि सञ्चालनमा छन् । भर्खरै सन्चालनमा आएको दमक सौर्य अस्पताल हो । सौर्य अस्पतालले १५ बेडको अनुमति पाएको दाबी गरे पनि नगरपालिका स्रोतले सो अस्पताल संचालन अनुमती लगायतका सबै प्रक्रिया पूरा नगरेको बताएकाे छ ।
दमकमा सरकारी अस्पतालको रुपमा रहेको दमक अस्पताल अहिले १५ बेडको अस्पातलका रुपमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]