०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

गोयलद्वारा ५ लाख सहयाेग

विराटनगरमा अढाई करोडकाे लागतमा बन्दैछ हिन्दु स्वयम सेवक संघ कोशीको भवन
Logo
दिनेश खड्का

विराटनगर, पुष २३ । विराटनगर निवासी समाजसेवी दिनबन्धु गोयलले हिन्दु स्वयम सेवक संघ नेपालको भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेका छन् । आईतबार गाेयलले महेन्द्र चाेकस्थित निज निवासमा  हिन्दु स्वयम सेवक संघ नेपालका केन्द्रिय सहसचिव महेन्द्रप्रसाद साहलाई ५ लाखकाे चेक हस्तान्तरण गरेका थिए । सहयाेग बुझ्नका लागी साहसँगै कोशी प्रदेश संघका सियाराम रौनियार र  मुकेश साह समेत पुगेका थिए।

अढाई करोड रुपैयाँको लागतमा विराटनगरमा हिन्दु स्वयम सेवक संघ नेपाल कोशी प्रदेश समितिको भवन निर्माण भई रहेको छ । विराटनगरकै आर्का समाजसेवी देवकिशन मुण्दडाले विराटनगर ७ स्थित नेपाल टेलिकम विराटनगर शाखा कार्यालय नजिक उपलब्ध गराएको १ कठ्ठा ७ धुर  जग्गामा भवन निर्माणको काम भईरहेकाे हाे । भवन निर्माणकाे लागी मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवं व्यवसायी शंकरलाल अग्रवालको संयोजकमा १५ सदस्यीय  समिति समेत बनेकाे छ  ।  

गाेयलले शनिबार मात्र झापाका विद्यार्थीलाई छात्रावृती तथा न्यानाे कपडा वितरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]