१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कुखुराको भालेले ठुंग्दा एक महिलाको मृत्यु

अस्ट्रेलियाका प्याथोलोजिष्टहरु परे छक्क
Logo

काठमाडौं,भाद्र २२
कुखुराको भालेले ठुंगेर अस्ट्रेलियामा एक ७६ वर्षीया वृद्धाको मृत्यु भएको छ । सीएनएनको अनुसार कुखुराले ठुंगेर वृद्धाको मृत्यु भएको घटनापछि प्याथोलोजिष्टहरु पनि आश्चर्यमा परेका थिए ।
उनको मृत्युलाई लिएर प्याथोलोजिष्टहरुले अनुधान पनि गरेका थिए । अनुसाधनको प्रतिवेदनमा भनिएको छ ‘अस्ट्रेलियामा एक घरमा पालिएको कुखुराको भालेले वृद्धाको देब्रे खुट्टामा आक्रमण गरेको थियो । भालेले ठुंगेपछि वृद्धामा अनियन्त्रित रक्तश्राव भएपछि उनको निधन भयो ।’
थप लेखिएको छ ‘ भालेले वृद्धाको खुट्टामा पहिलेदेखिनै सुन्निएको नसामा ठुङ्ग्न पुगेको थियो । रक्तनली फुटेर अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको देखिन्छ,’
भाले ठुंग्नु एउटा कारक मात्र भएको तर महिलामा रहेको रोगले नै गर्दा उनको ज्यान गएको प्रतिवेदनको अन्त्यमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वासिन्ङ्गटन, असाेज ७ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे दिएको चेतावनी अहिले नेपालमा भएका दुःखद घटनाहरूले सत्य साबित गरेको बताएका छन्। मंगलाबार महासभाको ८१औँ अधिवेशनलाई सम्बोधन गर्दै  उनले नेपालका हिमाल तीव्र गतिमा पग्लिरहेको भन्दै दिएको चेतावनीलाई त्यतिबेला कतिपयले बढाइचढाइ भनेका थिए, तर अहिलेका घटनाले जोखिम अपेक्षाभन्दा चाँडै र […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]