२२ साउन २०८३, शुक्रबार
07-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नेपालमा सात पाकिस्तानी आतंकवादी प्रवेश

नेपाललाई टङान्जिट बनाउदै भारतमा आतंक मच्याउने योजना
Logo
janacharcha

काठमाडौं, भाद्र २३
भारतीय सुरक्षा स्रोतका अनुसार सात पाकिस्तानी नेपालमा प्रवेश गरिसकेका छन् ।
काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनीहरूको गतिबिधि शंकास्पद रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । शंकास्पद गतिविधिका कारण उनीहरू सुरक्षा निकायको निगरानीमा आएको जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरूले ती सात पाकिस्तानीहरूको पूरा विवरण सार्वजनिक गरेका छन् ।

सात पाकिस्तानीहरू काठमाडौंमा शंकास्पद गतिविधि गर्दै वीरगञ्जसम्म आइपुगेको बताईएको छ । दुबै देशका सुरक्षा निकाय कश्मीर घटनपछि उच्च सर्तकतामा छन् । भारतीय सुरक्षा निकायले ती पाकिस्तानीहरूको सबै गतिविधि नजिकबाट हेरिरहेको जनाइएको छ ।
भारतीय सुरक्षाकर्मीहरूको उच्च सुरक्षा सर्तकताका कारण कश्मीरमा पाकिस्तानबाट घुसपैठ गर्न मुश्किल भएको बताईएको छ । आतंवादीहरूले नेपालको बाटो हुदै भारत प्रवेश गरेर आतंकवादी घटना गराउने षड्यन्त्रमा लागेको भारतीय सुरक्षा तथा संचारमध्यमहरुको विषलेशण छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]