२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

संचालककाे लापरवाहीले पाँच मजदुरकाे गयाे ज्यान : सिघंललाई छुटकारा

मुर्दाको वकालत कसले गर्ने ?
Logo
जनचर्चा संवाददाता

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । ट्रक पल्टिदा टाईल र मार्वलको भारीले च्यापेर मजदुरको ज्यान लिएछ । ड्राइभरसहित अगाडि बसेका दुई जना मजदुर जोगिए । ज्यान जोगिए पनि टाउकोमा लागेको चोटका कारण गम्भीर घाइते नै छन, उनीहरूको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार हुँदैछ ।

जान आनाकानी गर्दै थिए मजदुर
दुर्घटना परेका सबैजना विराटनगरस्थित रोयल मार्बलमा लामो समयदेखि काम गर्दै आएका कामदारहरू रहेछन् । दुर्घटना भएको दिन माघ १ गते माघे संक्रान्ति थियो । त्यसदिन एकाविहानै उनीहरूलाई रोयल मार्बलका म्यानेजरले फोन गरी टाइल र मार्बल राजविराज पु‍र्याउन अर्हाएका रहेछन् । तर सो दिन पर्व परेकाले उनीहरूले काम गर्न अस्वीकार गरे । सामान पु‍र्याउन अति जरुरी रहेकाले रोयल मार्बलका म्यानेजरले मजदुरहरुलाई फेरी फोन गरे । अर्काे चोटीको फोनमा अहिलेनै राजविराजतर्फ निस्कन र दिउँसो आएर पर्व मनाउन म्यानेजरले मजदुरहरुलाई सुझाए । जवाफमा मजदुरहरूले टाइल र मार्बल धेरै रहेकाले दुई टिपसम्म लगाउनुपर्ने र अबेर हुने भन्दै फेरी पनि जानलाई अस्वीकारनै गरे ।

केही उपाय नलागेपछि एकै टिपमा सबै टाइल मार्बल पुर्‍याउने म्यानेजरले निधो गरे । यहिवाटैनै कुरा विग्रिएको देखिन्छ । कम्पनीबाट पटक पटक फोन आएपछि रोजगारीको सवाल भएकाले मजदुररुले नाइँ भन्न सकेनन् । तर गाडीमा लोड धेरै भएकाले सामान पहिला सामान पुर्‍याउनु र आफूहरू पछिपछि सार्वजनिक बसमा आउने भन्दै मजदुरले अग्रह पनि गरे । तर सो मजदुरको आग्रह ठाडै अस्वीकार भयो । किनभने मजदुरका लागी थप भाडा तिर्नुपर्ने लोभ र फेरि बहाना गरेर मजदुरहरु नगइदेलान् भन्ने साहुलाई डर पनि थियो । त्यही भएर साहुजीले म्यानेजरमार्फत ठाडै हप्कीधप्की गर्दैगराउँदै सबैलाई ट्रकमै पठाएको स्रोत बताउँछ ।

लोड धेरै गरी पठाइएको थियो ट्रक
करिब १० टन भारबहन क्षमता रहेको सो ट्रक निकै पुरानो भएकाले बोक्ने क्षमतामा पनि निकै ह्रास आइसकेको रहेछ । तर सोही ट्रकमा एक हजार स्क्वायर फुट भन्दा बढी मार्बल र सोही अनुपातमा टाइल लोड गरी लगाँदै थियो । जुन १० टन भन्दा बढी हुन जान्छ । र थप ८ जनाको तौल ५ सय किलो भन्दा बढी हुनेनै भयो । राजमार्गमा बाटोको अवस्था हेर्ने हो भने फुल लोड गरी सामानहरू लान सम्भव पनि छैन । तर पनि दबाबको कारण मजदुरहरू फुल ट्रक सामान लान बाध्य थिए । परिणामतः साहुकाे लोभ र अर्कमणयता कारण ट्रक अनियन्त्रित भई पल्टन पुग्यो ।

मृतकका परिवारजनद्वारा आन्दोलन
दुर्घटना भएपश्चात् सुनसरी प्रहरी घटनास्थलमा पुग्यो । प्रहरी पुग्दा ड्राइभर घटनास्थलबाट फरार भईसकेको थियो । पाँचजना मजदुरकाे मृत्यु भएपछि, मृतकका आफन्तले दिनभर विराटनगर कञ्चनबारी स्थित रोयल मार्बलको शाेरुम अगाडि प्रदर्शन गरे । आन्दोलन उग्र हुने देखिएपछि रोयल मार्बलका सञ्चालक र मृतक परिवारको आफन्तजनलाई मोरङ प्रहरीले वार्तामा बोलायो । सुरुवातमा रोयल मार्बलले मृतकलाई आफ्नो कर्मचारी मान्नै इन्कार गर्दै उनीहरू ज्यालादारीका चिनजान नभएको मजदुर हो भन्यो । तर पछि मृतकको आफन्तले उनीहरू त्यहाँ वर्षौंदेखि काम गर्दै आएको र उनीहरूसँग त्यहाँको परिचयपत्र समेत रहेको कुरा मिडिया समक्ष खोलेपछि रोयल मार्बलका प्रतिनिधि हच्किए । सुरुवातमा कुनै पनि जिम्मेवारी नलिने भन्दै आएको रोयलका प्रतिनिधिहरू समझदारीमा आउन तयार भए । मृतकको परिवारजनले मृत व्यक्ति फिर्ता आउन नसक्ने भन्दै प्रति व्यक्ति २० लाख क्षतिपूर्तिको माग गरे । पहिलो दिन अबेर रातसम्म पनि क्षतिपूर्तिको कुरा मिल्न सकेन त्यो दिन त्यसै बित्यो ।

प्रति मृतक ११ लाख दिने शर्तमा मिल्यो विवाद
दोस्रो दिन बिहानैदेखि वार्ता सुरु भयो, दिउँसोसम्म पनि क्षतिपूर्तिमा सहमति हुन नसकेपछि, मृतकका आफन्तजनले सुनसरीको प्रहरी कार्यालयमै तोडफोड सुरु गरे । अवस्था असामान्य हुनेदेखेपछि चौतर्फी दबाब बढ्यो । रोयल मार्बलका प्रतिनिधिहरु क्षतिपूर्ति दिने कुरामा लचक भए, क्षतिपूर्तिवापत प्रति मृतक ११ लाख दिने कुरामा सहमति जुट्यो । केही रकम सवारीधनीले पनि दिनुपर्ने र पालिकाले पनि जनही १ लाख दिने पनि सर्वपक्षिय सहमति भयो।

ड्राइभरलाई दोष, सञ्चालकलाई उन्मुक्ति
पैसामा कुरा मिलेपछि ड्राइभरलाई पनि झिकाइयो । ड्राइभरलाई प्रहरीले सवारी ज्यान मुद्दा चलाएको रहेछ । दुईपक्षीय समझदारीपछि मुद्दा फितलो पारिएकाले ड्राइभरले पनि छिट्टै नै उन्मुक्ति पाउने देखिन्छ । अधिवक्ता अनिष खनालका अनुसार मुद्दा फितलो भएको खण्डमा ९० दिनसम्म थुना हुन सक्छ । त्यो पनि ड्राइभरले मात्र खेप्नुपर्नेछ । क्षतिपूर्तिमा पहिले नै सहमति भइसकेकाले थप क्षतिपूर्तिको कुरा आएन ।
अर्कोतर्फ रोयल मार्बलका सञ्चालकले कुनै पनि कानुनी कारबाही भोग्नुपर्ने देखिँदैन । यस मुख्य संचालक अमित सिघंल हुन्, राजेश अग्रवाल लगाएत अन्य पनि यस कम्पनीमा साझेदार छन् । सहमतिपश्चात् सिंहल लगाएत कोही पनि सझैदारहरुलाई कुनै मुद्दा पनि चलाइएको छैन ।

मुर्दाको वकालत कसले गर्ने ?
यो घटना सरसर्ति हेर्दा सवारी ज्यान मात्र नभएर, कारकाप र लापरवाहीको उपज पनि देखिन्छ । मुलुकी देवानी संहिता, २०७४ को दफा १८४ मा स्पष्ट व्यवस्था छ, कसैले आवश्यक सावधानी नअपनाई, लापरवाही वा हेलचेक्र्याइँ गरेकै कारण कसैको ज्यान गएमा यो फौजदारी कसुर आकर्षित हुन्छ । यस घटनामा रोयल मार्बलका तर्फबाट कारकाप, लापरवाही तथा हेलचेक्र्याइँ भएको प्रस्ट भएको देखिन्छ । तर पैसामा कुरा मिलेपछि रोयल मार्बलका सञ्चालक अमित सिंहल लगाएतले सहजै छुटकारा पाएका छन् ।
एकातर्फ पैसामा कुरा मिलिसकेको छ अर्कोतर्फ मुर्दा आफै उठेर बोल्न सक्दैन, सम्भव छैन । मुर्दाले मलाई अन्याय भयो भन्न पनि सक्दैन। दुर्घटना हुनुअघि मजदुरले काम गर्न इन्कार गरेको कुरा घटनाको विवरणमा खुलेकै छ, कम्पनीकै कारकाप र लापरवाहीले ज्यान गएको पनि घटनाले पुष्टी गरिसकेको छ । तर अब मुर्दाले बिउँतिएर आफ्नो पक्षमा वकालत गर्न सक्दैनन् यस्तोमा नागरिक समाज, मानव अधिकार र राज्यको संयन्त्रको कर्तव्य बन्छ, मुर्दाको पक्षमा वकालत गर्न, तर यहाँ सबै संयन्त्र चुपचाप छन्, बेखबर छन् ।

अवको बाटो….
यति भईसक्दा पनि रोयल मार्बलका संचालकहरु प्रत्यक्ष सम्पर्कमा आएको छैनन् । संचालक सिघंलले पिडित पक्षसँग भेट्नलाई समेत प्रतिनिधि मात्र पठाईरहेका थिए । उता प्रहरीप्रसाशनलाई प्रभावमा पारी मुद्दाबाट आफु पंछिनै सकेकाछन् ।
प्रहरी प्रसासन र मृतकको परिवारलाई मिलाएर कानुनबाट छुटकार पाईसके भन्ने सोचमा छन् सिघंल । तर पाँच जना निमुखा मजदुरहरुकोे ज्यान साहुको करकाप र लापवाहीले गएको छ यो गम्भीर विषय हो । यो विषय मृतकको परिवारसँग मात्र नजोडिएर समाज सन्तुलन, न्यायकनिरुपण र अपराधसँग जोडिएको समेत कुरा हो ।
हाल यो विषयले मिडिया तथा नागरिक समाजलाई झक्झक्याएको छ । मानव अधिकार आयोग लागएत अन्य मानव अधिकारसँग संवन्धित संघसंस्थाहरुपनि यस विषयको यथार्थपरक छानविनमा लाग्न जरुरी छ ।

हाम्रो कानुनले मुर्दाको पनि अधिकार हुन्छ भनेको छ, कानुनतः शवले पनि सम्मान र न्याय पाउनुपर्दछ। तर यहाँ…………...मुर्दाको वकालत कसले गर्ने ?

मृत्यु हुनेमा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ, ४५ वर्षका चन्द्र गुरुङ र २८ वर्षीय निशु गुरुङ रहेका छन्। उनीहरु सुनसरीको बर्जु गाउँपालिकाको एउटै टोलका बस्ने वासिन्दा थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]

विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]