१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

विराटनगरमा भव्य कन्सर्ट हुदै , प्रवेश शुल्क १०० मात्र

Logo

विराटनगर, असोज २९
कर्तिक ८ गते लाईभ ईन्टरटेनमेन्टले विराटनगरको जैन भवनमा भव्य कन्सर्टको आयोजना गर्ने भएको छ । बिराटनगर म्युजिक फेस्टिबलको नाम दिई हरेक वर्ष आयोजना हुदै आएको उक्त कार्यक्रमको यो पाँचौ संस्करण हो ।
आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।
कन्सर्टमा गायक सबिन राई एण्ड फ्यारो ब्याण्ड , भ्वाईस अफ नेपाल सिजन वानमा दोश्रो भएका बिराटनगरका शृजय थपलिया र ब्यान्ड तथा नेपाल आईडल सिजन टु कि टप इलाभेन हिना मल्ल र बदमाश ब्यान्ड लगायतको प्रस्तुती रहनेछ । उक्त कार्यक्रमलाई सगरमाथा टेलिभिजनकी भिजे पुजन थापाले होस्ट गर्ने भएकी छिन् ।
कार्यक्रममा बिराटनगर कै ग्रिन लिफ ब्यान्डको समेत प्रस्तुति रहने छ । त्यस्तै विराटनगरका संगीतकर्मीहरुको सामुहिक प्रस्तुती हुने बताईएको छ। साथै , कार्यक्रममा फुड ट्रक साथै अन्य बिभिन्न आकर्षण रहेको आयोजक सन्तोष महत (स्यान्ट्रो) ले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]