२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

सेलो आयल प्रयोग गर्दै हुनुहुन्छ? सावधान !

सुर्यमुखीको बिउसँगै किरा फ्टयाङ्ग्रा पनि पिसिन्छ
Logo

विराटनगर, कार्तिक ९
बागमती आयल ईण्डसट्रिजको उत्पादन सेलो सनफ्लावर आयल (सूर्यमुखी तेल)मा अखाद्यय वस्तु मिसावट भएको पाईएको छ । मोरङको कटहरी गाउपालिकामा रहेको उक्त उद्योगमा तेल बनाउन प्रयोग गरिने सुर्यमुखि फुलको बीउसँगै कीरा, फ्टयाङ्ग्रा समेत मिसिएको पाईएको छ । त्यससँगै बिउमा मुसा, छुछुन्द्रा लगाएत जिवजन्तुको विष्टा दिशा समेत मिसिएको भेटिएको छ ।

बिउमा मिसिएका फोहरहरु

तेल बनाउदा उक्त उद्योगले बिउलाई समान्य सरसफाई समेत नगरी कीरा, फ्टयाङ्ग्रा र अन्य जिवजन्तुको विष्टा सिहत पिसाउने गरेको पाइएको हो । त्यसका साथै बिउमा धुलो, माटो र कट्कीका प्रशस्तै टुक्रा टुक्रिहरु समेत भेटिएका छन् ।

संचालक विवेक राठी

साहकारीले खान मिल्ने कि नमिल्ने ?

सेलो आयल नेपालका वैष्णव, प्रामणी, जैनी जस्ता किहल्यै मासंआहार ग्रहण नगर्ने धर्मालम्बीहरुले समेत प्रयोग गर्ने गरेका छन् । तर यसरी किरा फट्याङग्रा सहित पिसिएको तेल साहकारी हो वा मांसहारी ? यस्तो तेल धार्मिक व्यक्तिले प्रयोग गर्ने मिल्ने वा नमिलने, यो सोचनिय विषय बनेको छ ।
धार्मिक व्यक्तित्वले मात्र नभएर समान्य मानिसको मनले पनि त्यस्तो तेल खान रुचाउदैन । त्यसमाथि धुलो मैलौ फोहर र मुसा तथा अन्य जिवको विष्ट मिसिएको तेल सेवन गर्नु स्वास्थयको लागी पनि लाभदायी होइन ।

उपकरणमा फोहरको लेदो
उक्त उद्योगको तेल पिस्ने उपकरणहरु समेत निकै फोहर छ । बिउ पिस्ने मिसिनमा फोहरको लेदो जमिसकेता पनि वर्षौ देखि साफा गरिएको छैन् । उद्योगले सोही लेदोसँगै बिउहरुलाई पन्ने गरेको पाईएको छ ।

उपकरणमा फोहर

सेलो आयलको उद्योगमा सरसफाईको कुरालाई फिटिक्कै ध्यान दिएको पाईन्दैन् । कामदारले चप्पल लगाएरै विउमा टेकी रहेका हुन्छन् । सोही विउलाई पछि तेल बनाउन प्रयोग गरिने गरेको छ ।
उक्त विषयलाई लिएर सरकारका नियामक निकायहरुले खासै चासो दिएको पाईदैन् । यो त एक प्रतिनिधि घटना मात्र हो, नेपालको प्राय सवै तेल उद्योगहरुमा यस्तो किसिमको लापरवाही भईरहेको स्रोतको दावी छ ।

 

चप्पल लगाएरै विउमा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]