११ कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

‘मोरङ्ग’ बन्यो ‘मोरङ’ : नेपाली युनिकोड छैन सजिलो

विराटनगरमा निशुल्क नेपाली टाईपीङ सिकउँदै छन् साबीर
Logo
प्रकाशित मंगलबार, कार्तिक १२, २०७६

काठमाडौं, कार्तिक १२
आजभोली नेपाली भाषाका कम्प्युटराईजड लेखनमा नेपली(युनिकोड )को सही तरीकाले प्रयोग भएको पाईदैन । कम्प्युटराईजड लेखनमा लगातार भईरहेको गलत अक्षरको प्रयोगले नेपाली भाषाका असली अक्षरहरुलाई नै ओझेलमा पारेको छ । फलतः ‘मोरङ्ग,र्‍याली, विद्यार्थी’ जस्ता शब्दहरु ‘मोरङ,र्याली र विद्‍यार्थी’ मा परिणत भएका छन् । यी बाहेक पनि थुप्रै असली शब्दहरु अपभ्रंशमा परिसकेको जानकारहरु बताउँछन् ।
नेपाली व्याकरणका ज्ञाताहरुले पनि कम्प्युटरबाट लेखिएका धेरै शब्दहरु लेखाईमा सही नहुने गरेको बताएका छन् । ज्ञाता भन्छन् “शब्द निर्माण्को क्रममा ‘वि + द् + या + र्थी’ मिलेर ‘विद्यार्थी’ बन्ने हो । तर लेख्दा ‘विद्यार्थी’ नै लेख्नु पर्छ ‘विद्‍यार्थी’ लेख्न पाइन्दैन् ”

प्रशिक्षक साबीर

युनिकोडमा केहि अक्षरहरु लेख्न निकै कठिन हुने भएकाले टाईपीस्टहरुले सजिलैसँग किर्बोडमा उपलब्ध हुने शब्दहरुको प्रयोग गर्ने गरेको आईटि प्रशिक्षक साबीर अंसारी बताउँछन् ।

“ङ्ग ,  ‘र्‍’ (आधि र) , ‘द्या’ , लगाएत थुप्रै शब्दहरु किर्बोडमा भेट्नै ग्राहो हुन्छ र त्यसको विकल्पमा टाइपीस्टहरुले ‘ङ’, माथि धार्का तानिएको आधि र  , ‘द्या’ को सट्टामा ‘द्‍या’ को प्रयोग गर्ने गरेका छन् ” साबीर भन्छन् “यो ज्ञानको कमीले हो, टाईपीङको पुर्ण ज्ञान भएकाले शुद्ध शब्द सही तारिकाले लेख्न सक्छन् ”
विराटनगरस्थित मनिपाल इन्सटिच्युटका संचालक समेत रहेका सबीरले आफ्नो ईन्टिच्युटमा नेपाली टाइपिङको सिक्न चाहनेहरुलाई निशुल्क क्लास समेत संचालन गरेका छन् । उनी भन्छन् “राष्ट्रय भाषा टाइपीङ गर्न सिकाउनु हाम्रो लागी पनि गौरबको विषय हो, साेही कारण मनिपाल इन्सिटिच्युटका सबै प्याकेजमा नेपाली टाइपीङ निशुल्क गरिएको छ ”
आजभोली नेपाल सरकारका निकायहरुले जारी गर्ने पत्रहरुमा पनि प्रशस्तै युनिकोडका त्रुत्रिहरु भेटिन्छन् । सरकारी निकायबाट दिइने नागरिता, विभिन्न चिज लाईसन्स , प्रमाणपत्र तथा अन्य पत्रहरुमा पनि यस्तो खल्का त्रुटि भेट्टिने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२९ श्रावण, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा भर्ना कार्यक्रम धमाधम भइरहेको छ। श्रावणको पहिलो साताबाटै सुरु भएको भर्ना कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीहरुको चासो देखिएको छ। शैक्षिक सत्र २०८२ (सन् २०२५) का लागि ५ वर्षे बि.एल.एल.बि र ३ वर्षे एल.एल.बि शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना लिईदैछ। उक्त शैक्षिक कार्यक्रमहरु बार्षिक प्रणालीमा संचालित हुने […]

विराटनगर, भाद्र २८ – देशको  पुरानो र भरपर्दो शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसाेसियट्सले मंगलबार विराटनगरमा आफ्नो ११औं शाखाको उद्घाटन गरेको छ। उद्घाटनकै अवसरमा विदेश पढ्न जान चाहने विद्यार्थीहरूको लागि ग्लोबल एक्स्पोको पनि आयोजना गरिएको थियो। संसारीमाई स्थान नजिक रहेको कन्सल्टेन्सी भवनमा आयोजित कार्यक्रममा विदेश अध्ययनमा रुचि राख्ने ५०० भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। […]