०१ कार्तिक २०८३, शनिबार
17-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

आर आरमा फ्रि–वाइफाइ चल्दैन, वर्ल्डलिंकको प्रचार मात्र आउँछ

Logo

काठमाडौं, पुष १
रात्नराज्य (आरआर) क्यापस परिसरमा दैनिक करिब १५ सय विद्यार्थी हुन्छन् । ५० माथि संख्यामा शिक्षक र कर्मचारीहरु पनि ।
उनीहरुलाई लक्ष्ति गरी वर्ल्डलिंकले कलेज हातामा दुई वटा ठुला ठुला राउटर जडान गरेको छ । तर वाइफाई जडान भएको एक वर्ष बितिसक्दा पनि ईन्टरनेट भने कहिलेपनि राम्ररी चल्न नसकेकोे विद्यार्थीको गुनासो छ ।
एक छात्रा भन्छन् “वाइफाईको सिग्नल देखाउछ, कनेक्ट पनि हुन्छ, वर्ल्डलिंकको प्रचार आउछ तर वाइफाई भने चल्दैन्।”
वर्ल्डलिंकको प्रचार आउने तर वाइफाइ चाँही नचल्ने भएको हुदा आरआरका विद्यार्थी वर्ल्डलिंकले कलेजलाई दिएको सेवा प्रति रुष्ट छन् ।
निशुल्क सेवा दिने नाममा वर्ल्डलिंकले फ्रिमा प्रचार मात्र गर्न खोजेको कतिपय विद्यार्थीले आशंका समेत गरेका छन् ।
वर्ल्डलिंकले निशुल्क इन्टरनेट उपलब्ध गराउने शर्तमा एक वर्ष अघि कलेजको हातामा राउटर जडान गरेको आरआर क्याम्पसका स्ववियू सदस्द मदन भण्डरी बताउछन् । त्यस्तै स्ववियूका आर्का सदस्य उज्जोवल न्यौपानेले यथासिग्र समस्याको समाधन गर्ने तर्फ स्ववियूले पहल गर्ने बताएका छन् ।

विद्यार्थी प्रभावित
वाइफाई नचल्दा उक्त कलेजमा पत्रकारीतामा एम.ए. अध्ययन गर्दै आएका विद्यार्थी सबैभन्दा बढी प्रभावित भएका छन् । (एम.ए.) पत्रकारिताको पठ्य समाग्री सजिलै किताब पसलमा नपाउने भएकाले विद्यार्थीहरुले इन्टरवाटै खाजेर अध्ययन गर्ने गरेका छन् । तर वाइफाई नचल्दा खर्चिलो डाटाको प्रयोग गरी विद्यार्थीले इन्टरनेट चलाउनु परेको विद्याथीहरुको गुनासो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]