०७ जेठ २०८३, बिहिबार
21-05-2026 , Thu
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

‘मदिरा’ सार्बजनिक

Logo

काठमाडौं, पुष १२

ठाकुर प्रताप दुलाल नेपाली सांगीतिक क्षेत्रको एउटा दरिलो परिचय बोकेको नाम हो । संगीतमा एम.ए. सम्मको अध्ययन गरेका ठाकुर प्रताप दुलालले आफ्नो स्कुले जिवन देखि नै आफ्नो भविष्य सांगीतिक क्षेत्रमा नै बनाउने अठोट गरिसकेका थिए ।

एस.एल.सी सकिए पछि रत्नराज्य लक्ष्मी क्यामपसमा संगीत विषय लिई संगीत पढ्ने क्रममा भारतको कोलकाता स्थित रविन्द्र भारती विश्व विद्यालय बाट सन् २००७ मा संगीत विषयको एम.ए. पुर्ण गरे ।

प्रारम्भिक अवस्थामा आफ्ना संगीतका माध्यमबाट स्रोता दर्शकमा चिनिन थाले । गीतकारहरु सँगको निकटता भएका कारणले थुप्रै गीतहरुमा संगीत भर्ने अवसर पाए र आफुले सिकेका कुराहरु पुर्ण रुपमा प्रयोग गर्ने कोसिस् गरे । फल स्वरुप “म आए या गएँ” “ति लोभी नजरले” “लहरा बनेर सधैँ” जस्ता कालजयी गीतहरु अहिले सदाबहार रुपमा बजिरहेका छन् । राष्ट्रिय सर्जक ब्याकुल माईलाको एकल शब्दमा दुलालको एकल संगीतमा निर्माण रहेको “छाल भित्रका प्रतिबिम्ब” गीत एल्बमले त्यती बेला निकै राम्रो चर्चा पाएको थियो ।

हालसालै उनले “उधारोमा उसले दिलायो मदिरा” भन्ने गीत आफ्नै गायनमा बजारमा ल्याएका छन् । केशब अधिकारीको संगीत रहेको उक्त गीतमा आमोसले संगीत संयोजन गरेका छन् । यस गीतलाई संगीतकार अधिकारीलेनै लेखेका हुन् ।

बरुण जंग लिम्बु र पुजन घिमिरे अभिनित यस गीतको भिडियोको निर्देशन मुनाल शिसिर कोईराला ले गरेका छन् । मदिरा पिउने सम्बन्धमा रहेको यस गीत ले नेपाली सांगीतिक बजारमा राम्रै चर्चा पाउने आस गरिएको गायक बताउदछन् ।

गायक दुलालको केही समय अघि बजारमा आएको सान्नानी बोलको गीतले पनि राम्रै चर्चा बटुल्न सफल भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]