०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

बालबालिकालाई मोबाइल एडिक्सनबाट छुटकारा : दिब्य शिक्षा केन्द्र

पढ्ने अभिरुचि बढाउने तथा स्मरण शक्ती बढाउने विराटनगरमा विषेश ट्रेनिङ
Logo

✍खेम पौडेल
विराटनगर, पुष २६
अहिले केटाकेटिहरु २४ सैं घण्टा मोबाईलमा भुल्लिने गर्दछन् । विभिन्न खाल्का एप र गेमले केटाकेटिहरुलाई मोबाइल एडिक्ट नै बनाईसकेको छ । हेरक समय मोबाईलमा झुण्डि रहने बानीलाई कसरी निश्तेज पार्ने अहिलेको अभिभावकलाई मुख्य चिन्ता छ ।

उक्त समस्यालाई मध्येनजर गर्दै दिब्य शिक्षा केन्द्रले जापेनिज योग तथा ध्यान विधिबाट बालबालिकालाई मन र मस्तिष्कबाट तन्दुरुस्त बनाउने कक्षा संचालनमा ल्याएको छ । बालबालिकाले उक्त तालिम लिएपछि मोबाइल तथा अन्य कुलतबाट छुटकार पाउने केन्द्रको दावी छ । उक्त तालिमले बालबालिकाको स्मरण शक्ति बढाउनको साथै पढ्ने अभिरुचि समेत बढाउने केन्द्रका विराटनगर शाखा संयोजक विमल ढुंगेल बताउछन् ।
उक्त केन्द्रका संस्थापक अध्यक्ष कालिचराण बस्नेत हुन् । उनी उक्त केन्द्रको महाप्रशिक्षक समेत हुन् । बस्नेतले भारतको राजस्थानबाट योग तथा ध्यानको शिक्षा हासिल गरेका बताउछन् ।

बालबालिकाले उक्त तालिम लिए स्मरण शक्ति बढ्ने, पढेको कुरा छिटो याद हुने, एकाग्रता क्षमतामा बृद्धि आउने, साहस बढ्ने, सकारात्मक सोचको वृद्धि हुने, सु–संस्कार प्राप्त हुने, आत्माविश्वास बढ्ने, आई.क्यू क्षमता बृद्धि हुने, निर्धक्क भएर स्टेजमा बोल्न सक्ने क्षमता वृद्धि हुने महाप्रशिक्षक बस्नेत बताउछन् ।
हाल उक्त केन्द्रले मोरङ, झापा र काठमाडौंमा बालबालिकाहरुलाई तालिम दिदै आएको छ । उक्त केन्द्रमा हाल २ सय भन्दा बढी बालबालिकाहरुले तलिम लिदै आएको दिब्य शिक्षा केन्द्रले जनाएको छ । विराटनगरमा पनि यही माघ ४ गतेबाट केन्द्रले तालिम संचालन गर्न लागेको छ । केन्द्रले आज विराटनगरको सगरमाथा बोडिङ स्कुलमा अभिभावकको प्रत्यक्ष निगरानीमा नमुना कक्षा संचालन गरेको थियो ।

केन्द्रको सम्पर्क नं : ९८४२०५५३५६ र ९८१७३०८८०१
सहभागीको हुन चाहने बालबालिको उमेर हद : ५ वर्ष भन्दा माथि, १४ वर्ष भन्दा मुनि मात्र ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]