३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

‘हात्तीपाइले विरुद्धको औषधि सेवन गर्न नेपाली डराए’

Logo

विराटनगर, माघ २
हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न ५९ प्रतिशत नेपाली डराएको विराटनगर महानगरपालिकाको स्वस्थ्य महाशाखाले बताएको छ । केन्द्रिय तथ्याङ्क विभागको एक प्रतिवेदनलाई उद्धित महाशाखाले उक्त कुराको खुलासा गरेको हो ।
हात्तीपाईले रोग विरुको औषधि सेवन कार्यक्रम संचालनबारे जानकारी दिन आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताईएको हो ।
राष्ट्रिय हातीपाइले रोग निवारण कार्यक्रम अन्तर्रगत विराटनगर महानगरपालिकामा यहि माघ २५ र २६ गते हातीपाइले रोग विरुद्ध औषधि सेवन कार्यक्रम संचालन हुने भएको छ । महानगरपालिका क्षेत्रम हाात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रमलाई अझ प्रभाकारी बनाउन यसपटको अभियान नयाढंगवाट संचालन गरिने भएको छ ।
विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले विराटनगरमा बिहिवार गरेको छलफल कार्यक्रममा यसपटकको सो अभियान अन्तर्रगत महागनरपालिकाका २ लाख ४७ हाजार ४ सयलाई औषधि ख्वाउने लक्ष्य रहेको महाशाखा प्रमुख रमेश कार्की क्षेत्रीले जानकारी दिए ।
विगतमा हातीपाईले विरुद्धको औषधि ख्वाउने अभियान प्रभावकारी नहुदा ६ औ चरणमा सक्नुपर्ने यो अभियान ९ औ पटक संचालन हुन लागेको हो । हात्तीपाईले रोग विरुद्धको औषधिले कुनै साईड इफेक्ट नपार्ने र यो औषधि सेवनमा वाट अहिले सम्म कसैको मृत्यु नभएकाले निर्धक भएर औषधि सेवनगर्न समेत महाशाखा प्रमुख कार्कीले महानगरवासीलाई आग्रह गरे ।
विराटनगर महानगरपालिका क्षेत्रमा कार्यक्रमलाई प्रभावकारी वनाउन महागरपालिका क्षेत्रमा २ सय ५० जना स्वास्थ्यकर्मी, १ सय ४८ जना स्वयं सेविका परिचालन गरिने छ । महानगरपालिकाको १९ वटै वडामा केन्द्र स्थापना गरेर हात्तीपाइले रोग विरुद्ध औषधि ख्वाइने र छुटेकाहरुलाई भोलीपल्ट घरमै गएर औषधि ख्वाउने कार्यक्रम तय भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले हातीपाइले रोग विरुद्धको औषधि सेवनमा डर र कुनै शंका नर्गन आग्रह गरे ।
उहाले यो अभियानलाई सफल वनाउन राजनितिकदलका नेता,स्थानिय निकाय प्रमुख तथा सरकारी कार्यालयका प्रमुखहरुले औषधि खाएर कार्यक्रमको शुभारम्भ गरिने वताए । सन् २०२० सम्म हात्तीपाइले रोग नियन्त्रणगर्ने सरकारको लक्ष्य रहेको छ । अहिलेपनि सहरी क्षेत्रमा औषधि सेवन अभियान प्रभावकारी नहुदा समस्या हुने गरेको छ । कार्यक्रममा उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी लगायतको सहभागिता रहेको थियो ।
समाचार समाग्री : विराटपोष्ट डट कमबाट पनि (साभार)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]