१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कालोबजारी गर्नेलाई एकै दिन पनि हिरासतमा राख्न सक्दैन सरकार

Logo

✍दिनेश खड्का
विराटनगर, चैत १२

मास्क र सेनिटाइजरको कालोबजरी गर्ने विराटनगरका व्यापारी राजेश अग्रवाल कानुनी फान्दाबाट सजिलै फुत्किएका छन् ।

आईतवार जिल्ला प्रशासन मोरङ, वाणीज्य, विराटनगर महानगरपालिका र नेपाल प्रहरीको संयुक्त अनुगमन टोलीले अग्रवालद्धारा विराटनगरमा संचालित श्री सर्जीकल इम्पेक्समा छापा मारेको थियो । छापा मार्ने क्रममा ११ हजार थानभन्दा बढी मास्क र त्यस्तै ठुलो मात्रामा सेनीटाइजर लुकाएको अवस्थामा फेला परेको थियो । ठुलो संख्यामा मास्क र सेनिटाइजर लुकाएर राखेको अवस्थामा फेला परेपछि अग्रवाललाई तत्काल पक्राउ गरिएको थियो ।
पक्राउ परेका अग्रवाललाई केहि घण्टा मात्र हिरासतमा राखियो । नेपालको प्रशासन र कानुनले उनलाई एकदिन पनि हिरासतमा राख्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि मात्र जनतालाई सम्बोधन गदै यो भैपरीको अवस्थामा कालोबजारी गर्नेलाई कडाभन्दा कडा कारवाही गर्ने घोषणै गरेका थिए । तर राजेश अग्रावलजस्ता कालाबजारी गर्नेलाई स्थानीय प्रशासनले एकदिन पनि हिरासतमा राख्न नसक्नुले प्रधानमन्त्रीको घोषणलाई गिज्याई रहेको छ ।
अभावको बेला गेरै कानुनी ढंगले मास्क र सेनिटाइजर भण्डार गरेको भन्दै वाणिज्यले अग्रवाललाई तत्काल ३ लाख रुपैयाँ जरिमाना गराएको थियो । त्यसपश्च्यिात थप अनुसन्धानको लागी प्रहरीले अग्रवाललाई हिरासतमा लिएको थियो । तर हिसारतमा राखिएको केहि घण्टा नबित्दै अग्रवाललाई तारिकमा छोडिएको बुझिएको छ ।
अति आवश्यक समान जाम्माखोरी गरेर राख्नेलाई १ वर्षसम्मको कैद वा १० लाखसम्म जरिमाना वा दुवै हुने कानुनी व्यवस्था छ ।

याे पनि पढ्नुस् : मास्क र सेनिटाइजर लुकाएर राख्ने विराटनगरका व्यापारी राजेश अग्रवाल पक्राउ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]