१९ साउन २०७७, सोमबार
Close
बिज्ञापन
जन्म दिन

कविता

Janacharcha.com बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित

उर्मिला केसी

जन्मिएको दिन,
नयाँ यात्रा यानेकी नयाँ साल उदायो ।
पुरानो अस्ताए सँगै,
आयु घटाईदिन्छ प्रत्येक जन्म दिनले ।
आखीर आश नै आशको जालो जस्तो न हो जनमदिन,
पोहोर जस्तो निरास तुल्याउन आँउछ,
जीम्मेवारी बोध गराउन आँउछ ,
फेरी अर्को यात्रा हिड्नु छ निष्पठ अँध्यारोमा
उज्यालोको धिपधिपेमा अँधेरीलाई पन्छाउन,
आएको जन्मदिन ।

क्यालेण्डर फेरीनु मात्र जन्मदिन होईन,
ह्याप्पि बर्थ डे भन्नु मात्र पनि जन्म दिन होईन,
मैले सोचे जस्तो एउटा उत्सव होस् ।
आमाको हातको मिष्ठान्न परिकार होस्,
यात्रामा साहस मिलोस्,
काममा उत्साह ।
लक्ष्यलाई पहिल्याउने प्रेरण मिलोस्,
तर यहाँ त उमेरमा नयाँ बर्ष थपि
बृढापनको आभाष मात्र दिलाई दिन्छ,
न मित्र छन् ,न त अभिभावक ।
शुभकामना दिन
दिन मन हुनेहरुले नि
अतित बनाईसके सायद मेरो जन्मदिनलाई ।

उमेरसँगै जन्मदिनको महत्व साँचिकै घट्दो छ,
जीवन प्रतिको जिम्मेवारी बोध गराईदिन्छ उसै ।
पुगीसरी हुनेको लागी पो केक र मैन बत्तिको उत्सव,
नहुनेलाई आशीर्वाद पाउने दिन खुशी मिल्छ त क्षेणिक मात्र ।
बिदाईको हात हल्लाउदै जान्छ,
फेरी जान्छ अर्को साल सम्मको लागी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
आज : जनै पूर्णिमा / रक्षा बन्धन/क्वाटी खाने दिन
मेडिकल अफिसरमा कोरोना देखिएपछि, न्यूरो अस्पताल विराटनगरका सबै सेवाहरु तत्काललाई ठप्प
सासंद प्रदीप यादवलाई पनि काेराेना पुष्टि, पर्सामा ६४ जनामा संक्रमण
Click Here
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
JANAK UPADHYAYA (ASSAM, INDIA)

CONTACT

Biratnagar -06, Morang Province 1
Mobile: 9812349000
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल