२१ फाल्गुण २०७७, शुक्रबार
Close
बिज्ञापन
तन्त्र फेरिए, नीति फेरिएन, बिचार फेरिएन

Janacharcha.com बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित

मनु बुढाथोकी
काठमाडौं, जेठ १५

फर्केर हेर्दा ती दिनहरु……..
मेलामा जादा होस वा बस्तु गोठाला । स्कुल जादा अनि घर फर्किदा, बाटैभरी आफूभन्दा ठुलाहरुले काधमा रेडियो बोकेर घन्काउदै समाचार सुनेर हिडेका देखिन्थ्ये । जताततै चर्चा चल्दैथ्यो देशमा गणतन्त्र स्थापनाको ।
यता आफुलाई जिन्दगिको सबैभन्दा ठुलो आईरन गेट पार गर्नुपर्ने चटारो त छ्दै थ्यो । सिनिएरहरुले सुरुदेखि नै बालमष्तिस्कमा डर लाग्दो छाप टासिंदिएका थिए एसएलसी परिक्षालाई आईरन गेटको उपनाम दिएर ।
बा आमा राजनीति पृष्ठभुमिकै भएपनी आफुलाई सानोदेखि नै खासै त्यता तिर ध्यान गएन । हुन त त्यहाँको शैक्षिक प्रणाली पनि त्यस्तै भएर होला ,कोर्सका भन्दा बाहिरका ज्ञान गुनका कुराहरु नै सिक्ने मौका मिल्दैन थ्यो ।
आफू घरमा छोराछोरी मध्यको बिचको बच्चा परेर होला ,बा आमासँग विभिन्न राजनीतिक सभा समारोहमा अगिपछि लागेर हिड्ने मौका नै मिलेन । भाइ नहुर्किउन्जेल म भन्दा ठूलो दाजुलाई साथ लिएर आमा समारोहमा जानू हुन्थ्यो । पछि दाजु पढाईको लागि बाहिर गएपछि सानो भाईको पालो आयो आमाको साथमा हिड्ने । कार्यक्रमबाट साँझ घर फर्किएपछि बा आमा र घर मा बस्ने मास्टर देश र राजनीतिका बारेमा प्रायः जसो वार्तालाप गरिरहनु हुन्थ्यो । आफू त किताबी किरो मात्र भएकोले बाह्य कुराहरु मरे नबुझ्ने १ ९ कक्षा पढ्दासम्म आमा बुवा कुन पार्टीको हुनुन्छ ,कस्को बिचार र सिद्धान्तलाई सपोर्ट गर्नुहुन्छ भन्ने ज्ञान समेत थिएन ।
जनयुद्ध ताका मावबादी पार्टीका कर्याकर्ताहरुले सर्वसाधरण जनताहरुलाई गाउँघरमा साह्रै दुख दिने गर्द्थे । स्कुल जाँदा आउँदा बाटोमा हिड्दा पनि कतै लगेर टुक्रा टुक्रा पार्दिने पो हुन् कि भन्ने डर मै केही बर्षहरु गुज्रीए । मावबादीबाट मात्र हैन यता आर्मिहरुको कारण पनि सर्बसाधारणको जनजिवन साह्रै कस्टकर बन्यो त्यो बेला । दुबैपक्षबाट राजतन्त्र ढाल्ने र बचाउने बिच घमासान युद्ध चलिरहेथ्यो ।
स्कुलबाट साँझ घर पुग्दा सधैं डेढ २ सय मावोबादिका कार्यकर्ताहरुले गुढ लगाईरहेका हुन्थ्यो । घरमा फोहोर पारेर आमालाई हैरान पारेको देख्दा तिनिहरुले भिरेको बन्दुक खोसेर आफैले ठोक्दिउ जस्तो मूड पनि चल्थ्यो । कहिले त आर्मीसङ्ग युद्ध गर्दा घाईते भएका ,ज्यान गैइसकेका र केही जिउँदो लास पनि घरमा बोकेर ल्याईएका हुन्थ्ये । उनिहरुको गन्तब्य थाहा छैन कहाँ हो कहाँ, तर पनि ती मरेका लास र जिउँदा लासलाई बोकेर गाँउका बाहरु र छोराहरुले डाडा कटाई दिन पर्थ्यो ।
गाउँमा अलि हुर्किएका छोराछोरी देख्यो कि आमा बाबुकै अगाडि बन्दुक भिराएर घरबाट निर्दोष केटाकेटीलाई उनिहरु सङ्गै लिएर हिड्दथे । हातमा कापी र कलम लिएर हिड्नु पर्ने बेलामा काधमा आफूभन्दा ठुला बन्दुकका भारी बोकेर हिड्दा ती कलिला कोपिलाहरुको भविस्य अन्धेरो बन्दै गए । विभिन्न स्कुलहरुमा गएर कैले पढाई भैरहेको कक्षामा आएर शिक्षक र बिद्यार्थिकै ध्यान भङ्ग गराईदिन्थे त कहिले यो शिक्षा नै खारिज गर्नु पर्छ , कसैलाई पढ्न दिनु हुन्न यो बुर्जुवा शिक्षाले धनी गरिब र जात जाती छुट्याउछ ,पढेकाले देशमा राजाले गरेको जस्तै शासन चलाउछन् र समानताको हक लुटिन्छ भन्ने जस्ता बकम्फुसे कुरा छाट्थ्ये । त्यहीँ कुराको लहैलहैमा लाग्नेहरु त ६ र ७ कक्षा पढ्दा पढ्दै बन्दुक बोकेर स्कुलबाट नै पनि हिड्थ्ये । छरछिमेकका धेरै आमा बाबुको काख पनि नरित्तिएको होईन त्यो बेला । तर जतिका आमा बाबुका काख रित्तिए तिनिहरु आजसम्म न्यायको खोजिमा छट्पटाईरहेका छन् । बाकिहरु भने देशमा गणतन्त्र आएपछी हाम्रो पनि पालो आउला भनेर कुर्दा कुर्दै जस्ताको त्यस्तै भएर अहिले पुर्पुरोमा हात राखेर बसिरहेका छन । धेरै जसो भने खाडिको तातो हावा खाइरहेका पनि छन् । राज्य व्यवस्था फितलो भएपछी आफुले अन्जानमा रोजेको बाटोले कतिपयलाई भित्र भित्रै कति पोल्दो हो अहिले । पहुच भएका र कमाण्डरको रुपमा लिड गर्नेहरु जति त ठाँउमा पुगिहाले तर तिनिहरुलाई ठाउमा पुर्यौने हजारौंको जीवन लगभग डामाडोल नै जस्तै बन्यो ।
६२।६३ को जनआन्दोलन पछि अब तत्कालीन सरकार र माओबादिहरु बिच राजधानिमा भेट्वार्ता भयो र दुबैपक्ष्यको विस्तृत शान्ती सम्झौता पनि भयो । संवैधानिक गणतन्त्रको लागि सम्बिधान सभाको चुनाव हुनुपर्ने कुराहरुमा दुबै पक्ष सर्ब सम्मत भयो । त्यसपछि संविधानसभाको पहिलो चुनावमा देशभरिका अधिकान्श भुभागमा माओवादिले आफ्नो जित हात पार्यो । लगत्तै २०६५ जेष्ठ १५ गते देशमा आधिकारिक रुपमा गणतन्त्रको स्थापना पनि भयो ।
देशमा राजतन्त्र फ्याँकियो । राजाले नारायणहिटि छोडे । संविधानसभाको चुनावबाट विभिन्न पार्टिहरुबाट ६ सय १ सभासदहरुको चयन भयो । एउटा राजाबाट सिधै ६ सय १ को झुण्ड बेरिएपछि एकाएक अब देशको रङ्ग नै बद्लियो । गणतन्त्र नेपालका पहिला प्रधानमन्त्री माओवादिका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड बने । राष्ट्रपतिका रुपमा काङ्ग्रेसका डा। रामबरण यादब चुनिए । अब भने देश विल्कुल नयाँ धारमा अगि बढ्ने देखियो । राज्यका जनताहरुको समान हक अधिकार सहित देशले द्रुत गतिमा बिकाश पाउने आश्वासन आउन थाले नेताज्युहरुबाट । तर जति दिन बित्दै गयो देशले खासै नयाँ परिवर्तन पाउन भने सकेन । राजनितीमा बढो अस्थिरता छाईरहेपछी प्रधानमन्त्री र मन्त्रीहरु बार बार फेरिरहे ।
संविधान सभाको दोस्रो चुनावपछि बल्ल नयाँ संविधानको खाका तयार भयो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नयाँ संविधानको लन्च गरियो ।
आज देशमा बहुमतको सरकार छ । तत्कालीन माओबादी र एमाले दुबै कम्युनिष्ट पार्टिहरु एक भएर नेकपा भएका छन् । संसदमा २ सय ५७ जना सासंद छन् । तर त्यो बेला जुन उदेश्यले राजतन्त्र ढालेर देशलाई गणतन्त्रको बिल्ला भिराईयो त्यो बेलादेखि देशमा राजनीतिक अस्थिरता झनै बढ्दै गैरहेको छ । आज गणतन्त्र स्थापना भएको १२ बर्ष बितिसक्दा पनि सरकार उदेश्य बिहिन भएर हिडिरहेको छ । कुर्सी र सत्ताकै मोहले देश महाभ्रष्ट भैरहेछ ।
छिमेकी राष्ट्रहरुले चारैतिरबाट थिचिरहेका छन् । हत्या ,हिन्सा र विभिन्न आपराधिक घट्नाहरुले जनतामाँझ आतंक फैलिरहेका छन् । आजसम्म कुनै दृष्टिकोणबाट पनि नेपाली जनताहरुले आनन्दको सास फेर्न सकेका छैनन् ।
जनताका स्वतन्त्रता र समान्ताका हकहितका लागि सामन्तबादको अन्त्यका लागि धेरै तन्त्रहरु फेरिए देशमा । राजतन्त्र ,प्रजातन्त्र, गणतन्त्र जे जे फेरिए पनि नीति कहिले फेरिएन,बिचार कहिले फेरिएन ।
आजसम्म बार्र्षििकको दिनमा मात्रै गणतन्त्र सिमित भएको छ । अरु बेलाका कुनै शासन भन्दा फरक छैन ।
आशा छ ,अब फेरि यो मातृभुमिले नयाँ जनयुद्ध सहनु पर्ने छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
राजस्व चुहावट गर्ने विराटनगरका राठी सहित तिन जना विरुद्ध मुद्दा
प्रदेशसभा बैठक चैत २ गतेसम्मका लागि स्थगित
अब विराटनगरमा कर भुक्तानी अनलाइन मार्फत
Click Here
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
JANAK UPADHYAYA (ASSAM, INDIA)

CONTACT

Biratnagar -06, Morang Province 1
Mobile: 9812349000
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल