०४ साउन २०८३, सोमबार
20-07-2026 , Mon
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

अन्तराष्ट्रिय शिक्षण विधितर्फ विराटनगरको ईडनवर्ग कलेज लम्कदै

Logo

विराटनगर, साउन १६
विश्वभरीनै शिक्षण विधिमा आईरहेको परिवर्तनलाई बुझ्न र सोही अनुसारको परिवर्तन नेपालको शिक्षण विधिमा पनि ल्याउन इडनवर्ग इन्टशनेशल कलेज विराटनगरले वर्षेनी अन्तराष्ट्रिय शैक्षिक भ्रमण गर्ने योजना अघि सारेको छ । सोही योजना अन्र्तगत यस पटक कलेजले आफ्ना प्राध्यापकलाई शैक्षिक भ्रमणका लागि भारतको कलकत्ता लगेको छ । भारतको कलकत्तामा प्राध्यापकहरुले विभिन्न कलेज तथा विश्वविद्यालयमा भ्रमण गरी शैक्षिक अवलोकन तथा त्यहाँ स्थित प्राध्यापक तथा विद्यार्थीहरु संग छलफल गरेका छन् ।
कलकत्ता स्थित वी.वी.ए., बि.पी.एच. र एम.एड. शैक्षिक कार्यक्रम अध्ययन गराउने शिक्षण संस्थाको अवलोकनमा ती संस्थाले प्रदान गर्ने शिक्षा, शिक्षण विधि र समग्र प्राज्ञिक स्थितीका बारेमा भ्रमणमा गएका प्राध्यापकहरुले चासो पूर्वक अवलोकन तथा छलफल गरेका थिए ।
अझ शसक्त रुपमा विद्यार्थीलाई कसरी व्यवहारिक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने सोच विचारका साथ प्राध्यापकहरुको भारत भ्रमण आयोजना गरेको क्याम्पस प्रमुख मेघानन्द झाले बताए । उनले भने ‘यस्तो भ्रमण वेलाबेलामा भए शिक्षकको क्षमता र दक्षता बढछ जसले यहाँ हाम्रा विद्यार्थीहरु लावान्वित हुन्छन् ।’
‘विराटनगरमा नै पहिलो पटक प्राध्यापकलाई मात्र भारत भ्रमणमा इडनवर्ग इन्टनेशल कलेजले लगेको हो ।’ कलेज संचालन कैलाश श्रेष्ठले बताउछन् । उहाँ भन्नु हुन्छ, ‘यतो भ्रमणले प्राध्यापकमा शैक्षणिक कार्यका लागि मोटिभेसन गर्छ र शिक्षण सिकाईका लागि वातावरण समेत बनाउने गर्छ ।’ उहाँ पुनः भन्नु हुन्छ अव हरेक बर्ष हामी विद्यार्थीलाई मात्र नभएर शिक्षकलाइर्ब अहिले जसरी नै विभिन्न अन्तराष्ट्रिय भ्रमणमा लाने योजना छ ।
भ्रमणबाट फर्के पछि एक सहभागी प्राध्यापकले बताए, ‘भ्रमण फलदायी, उपलब्धी मूलक हुनका साथै कलकत्ताको शैक्षिक क्षेत्रको विकास, प्रगती र उन्नती हेर्नै अवसर पाईयो र आफू प्राध्यापनरत कलेजमा त्यहाबाट सिकेका कुराहरु कार्यात्वयन गर्नेछौ ।’ भ्रमण टोलीको सम्पूर्ण संयोजन तथा व्यवस्थापन कलेजका संचालक दिपक साह र निर्देशक राजेश यादवले गरेका थिए र भ्रमण टोलीले कलकत्ताको केही पर्यटकिय र ऐतिहासिक महत्वका क्षेत्रहरुको समेत अबलोकन तथा भ्रमण गरी नेपाल फर्किएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]