२३ आषाढ २०८३, मंगलबार
07-07-2026 , Tue
Gold Silver Price (Asar 18, 2083, THUR)
Fine Gold 1 Tola NRs. 284000
Silver 1 Tola Nrs. 4465

लकडाउनको बेला शुल्क उठाउने विद्यालयहरुमा विप्लब समूहको “कालो ब्यानर”

Logo

काठमाडाैं, असार २३
लकडाउनको बेला शुल्क उठाउने विद्यालयहरुमा विप्लव समूहले कालो ब्यानर टाँगेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोले उक्त कार्यको थालनी गरेको हो ।
शुल्क असुलीको विरोध जनाउदै संगठनले रुपन्देही, कपिलवस्तु, नवलपुर, पाल्पा, अर्घाखाँची र गुल्मी जिल्लाहरुका निजी विद्यालयहरुमा कालो ब्यानर टांगेको हो ।
यससँगै अनलाइन कक्षाको नाममा अभिभावकहरुलाई शुल्क तिर्न बाध्य पारे संगठनले प्रतिराधात्मक संघर्ष गर्ने समेत चेतावनी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]