२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

कर्जामा पाँच प्रतिशतभन्दा बढी ब्याज उपयुक्त हुदैन

राठी समूहका निर्देशक अरुण राठीसँगको बहस
Logo

विराटनगर, असार ६

लकडाउनको कारण उद्योग–व्यवसायमा कस्तो असर पुगेको छ ?

भगवान मण्डल, प्रश्नकर्ता

कोरोना कहर र लकडाउनको कारण मान्छेले पहिला जसरी काम गर्न पाएका छैनन्, सोही कारण आमदानी पनि घटेको छ । आमदानी नभएपछि मान्छेहरुले खर्च पनि कटौती गरेका छन् ।

खर्च कटौती गरेसँगै बजारमा समानको डिमाण्ड पनि घेटको छ । डिमाण्ड घेटेपछि स्वतः उत्पादन पनि घटेको छ । खाद्यान्य व्यावसाय मात्र अहिले अलिक ठिक अवस्थामा छ । विद्यालय, यतायात तथा होटल त पुर्ण रुपमा ठप्पै छन् । यी क्षेत्रमा सरकारले चाडोभन्दा चाडो राहतको प्याकेज दिन जरुरी छ ।

मारमा परेका क्षेत्रलाई सरकारले कस्तो राहत दिदाँ ठिक होला ?
उद्योगी व्यापारीलाई दिने राहत दाल चामल हुन सक्दैन । सरकारले भौतिक रुपमा राहत दिने होइन , सरकारले नीतिमार्फत राहत दिनु पर्दछ । यसमा कर छुटको कुरा हुनसक्छ, जरिवाना नलिने विषय हुन सक्छ, विद्युत लगाएत अन्य सरकारद्धारा प्रधान गरिने सेवामा छुटको कुरा हुन सक्छ ।
बैंकको कर्जा पनि उद्योगी व्यापारीको लागी ठुलो चुनौती भएको छ । व्यापार व्यवसाय ठप्प भएकोले उद्योगी व्यावसायीलाई कर्जाको ब्याज तिर्न हम्मे हम्मे परेको छ । नेपाल सरकारले नीतिगत रुपमा बैंकको ब्जाय घटाउन जरुरी छ ।

नीतिगत रुपमा सरकारले बैंकको ब्याज घटाउन संभव छ ?
एकदम संभव छ । बचतकर्ताले बचत गरेको पैशानै बैंकले ऋणमा दिने हो । र बैंकको मुनाफा भनेको पनि बचत र ऋणको ब्याजदरको डिफ्रेन्स हो । अहिले फिक्स डिपोजिटमा बैंकले अधिक्तम ७ देखि ९ प्रतिशतसम्म ब्याज दिईरहेको छ । ऋणीसँग १० देखि १२ प्रतिशतसम्म ब्याज लिइरहेको छ । बचत र ऋणको डिफरेन्सबाट अहिले बैंकलाई २/३ प्रतिशत मुनाफा भईरहेको छ । अब बचत र ऋण दुवैमा बियाज दर घटनाउनु पर्यो । कर्जा लिनेलाई अधिक्तम ४ देखि ५ परसेन्ट र बचत गर्नेलाई अधिक्मत २ देखि ३ परेन्ट मात्र ब्याज लिने दिने गर्नुपर्यो । यसो गर्दा बैंकको मुनाफा पनि घट्ने छैन र उद्योगी व्यापारीलाई पनि राहत हुनेछ ।

बचतमा दुई तिन परेन्ट मात्र ब्याज दिने हो भने बचतकर्ताले बचत गर्न छोड्लान नि त ?
अह, छोड्दैनन् । अहिले बैंक संचालकमा पनि यही भ्रम र डर छ । कसैले पनि क्यास पैशा घरमा राख्न चाँहदैन, घरमा राख्न सुरक्षित पनि हुदैन । “नभाको मामा भन्दा कानो मामा वेश” भन्ने उखान ठ्याक्कै यो प्रसंगमा मिल्छ । बचतकर्ताले घरमा असुरक्षित तरिकाले पैशा राख्नु भन्दा दुई प्रतिशतमा बैंकमै पैशा राख्न रुचाउछन् ।

कम ब्याज आउने हुदा बचताकर्ताले बचत गर्न छोडे भने बैंक त डुब्छ नि, हैन र ?
कहिले डुब्दैन् । यो एउटा साईकल हो । जे जसो गरेता पनि अन्तिमा पैशा बैंकमा नै आउने हो ।
हो, ब्याज कम आउने डरले मान्छेले बैंकमा बचत गर्न छोड्न सक्छन्, यो कुरा तपाईले ठिक भन्नु भयो । तर त्यसपछि के हुन्छ त्यता तिर तपाई पुग्नु भएन । बचतकर्ताले बचत नगरे, उनीहरुसँग भएको पैशा कि त उनीहरुले लगानी गर्छन कि त खर्च गर्छन् । लगानी वा खर्च गरे पैशा रोटेशन भएर उद्योगी व्यापारीसँग नै आउने हो र फेरी उद्योगी व्यापारीहरुले पैशा बैंकमा नै राख्ने हो । त्यही भएर यो एउटा चक्र हो, बैंक कहिले डुब्दैन ढुक्क हुनुस् ।

तर यसो गर्दा बचतकर्तालाई घाटा भयो नि त ।
पहिला हामीले हाम्रो कन्सेप्ट किल्यर पार्न जरुरी छ । बैंक भनेको सुरक्षित ढंगले पैशा जम्मा गर्ने ठाँउ हो । व्यापार गर्ने ठाँउ होइन । बचतकर्ताले ब्याजको व्यापार गर्छु भनेर सोच राख्नु नै गलत हो ।
बचतमा ब्याजदर धेरै दिए बैंकले ऋणमा पनि ब्याजदर धेरै लिनु पर्ने हुन्छ । यो कुरा अघिपनि आएकै हो । बचतकै पैशा बैंकले ऋणमा दिने हो र ऋणमा लिएको पैशा उद्योगी व्यापारीले उत्पादक क्षेत्रमा लगाउने हो ।
धेरै ब्याजदरमा उद्योगी व्यापारीले ऋण लिन रुचाउदैनन् । उद्योगी व्यापारीले ऋण नलिए बचतका पैशाहरु पनि ठप्प भएर बस्छ । विकासका कामहरु हुन सक्दैन, वृद्धि विकासमा लगानी हुन पाउदैन, समग्रमा राष्ट्रकै उत्पादन क्षमता घट्छ र सबैलाई घाटा हुन्छ ।
प्राय गरिबले ठुलो रकम बचत गर्न सक्दैन । सोही कारण बचतको ब्याजको आधारमा जिविको पार्जन गर्ने गरिबको सोच हुदैन । ठुलो रकम बचत गर्ने भनेको पुजीपति नै हुन्छन् । त्यही भएर बचतमा ब्याज धेरै दिनु भनेको अनउत्पादक क्षेत्रको पुजीपतिलाई पोश्नु मात्र हो ।

कारोना कहर र लकडाउनले उद्योगी व्यावसायीलाई अरु कस्तो असर पुगेको छ ?
यो शब्दमा बताउन सकिदैन, त्यहीपनि म बुझाउने प्रयास गर्छु । यो लकडाउनमा भएको व्यापार घाटाको कारण व्यापारीहरुले सुसाईड गरेका समाचारहरु सुनिन थालेका छन् । यस्ता समाचार अहिले महिनादिन हप्ता दिनमा सुनिदैछ, अवस्था यस्तै रहने हो भने, अब उद्योगी–व्यापारीले आत्माहत्या गरेको समाचार दिनदिनै सुन्न पाईन्छ ।
व्यापारीले त्यसै आत्माहत्या गर्दैनन्, व्यापारघाटा थेग्नै नसक्ने गरी र आगामी दिनमा रिकभर पनि हुन नसक्ने गरी डुबैपछि मान्छे आत्माहत्या गर्ने अवस्थामा पुग्ने हो । अझ करोना कहर र लकडाउन कहिलेसम्म भन्ने कुरानै निश्चित नभएकाले भोलीको दिनमा रिकभर गरौला भन्ने आत्मबल पनि उद्योगी व्यापारीहरुले गुमाई सकेका छन् ।
तर यती भनीरहदा म के पनि स्पष्ट पार्न चाहन्छु भने आत्माहत्यालाई प्रोत्सान गर्ने पक्षमा भने म पटकै छैन । जबसम्म सास हुन्छ तबसम्म आश मान्छेले छोड्नु हुदैन ।

उपाय के त ?
यति बेला सरकार सेन्सेटिभ हुनुपर्छ । सरकारले उद्योगधन्धा सस्टेन मात्रै हुनेसम्म वातावरण बनाईदिए उद्योगी व्यापारीले आत्माहत्या गर्नुपर्ने अवस्था आउदैन ।
सस्टेन भन्नाले आमदानी ठप्प भएका उद्योग तथा व्यावसायलाई कर्जामा सहुलियत दिने कुरा, करमा, विजुली तथा अन्य सरकारी सेवामा छुट दिने कुरा, जरिवाना नगर्ने आदि हुन सक्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]

विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]