०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri

बजारमा “पैसाको अभाव”

Logo
प्रकाशित शनिबार, भाद्र १३, २०७७

काठमाडौँ, भदाै १३

नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा “पैसाको अभाव” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहु सगँ ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न विवश हजारौ युवाको बास्तविक कथालाई गीतमा समेटिएको छ ।

रोशन पोखरेल र इन्द्र दाहाल शिशिरको शब्द सिर्जना तथा सन्तोष पौडेलको लय सिर्जना गीतमा रहेको छ । गीतको शब्द तथा भाव अनुसारको एरेन्ज कृृष्ण केसीले गरेका छन । सुशिल डाँगी र राहुल राईको छायाँकन, अविनास डिसीको सम्पादन तथा रविन शाहको निर्देशन भिडियोमा रहेको छ । “पैसाको अभाव” गीतको भिडियोमा सारिका केसी , जय देवकोटा ,शेखर दाहाल र बाल कलाकारको भुमीकामा प्रिन्सा खड्का र चन्दन शाहीको अभिनय रहेको छ । “पैसाको अभाव” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख ६। विराटनगरकाे कञ्चनबारीमा भईरहेकाे व्यापार मेला महोत्सव बिहिबार सुपर हट गायिका ज्याेती मगरले तताउने भएकी छिन् ।  यस अघि कलाकारहरु धुर्मुस सुन्तली, अन्जु कुस्मी, प्रिति पासवान, गायक मेलिना राई, महेश काफ्ले, सुमित खड्का, अन्जु गाैतम, तृष्णा गुरुङ लगाएतले यस मेलामा प्रस्तुती दिईसेकका छन् । ज्याेती मगर आफ्नाे गायनकाे साथ साथै तड्किलाे भड्किलाे प्रस्तुतीकाे […]

विराटनगर, वैशाख ३ । विराटनगरकाे कञ्चनबारीमा भईरहेकाे व्यापार मेला महोत्सवमा साेमबार प्रसिद्ध गायिका तथा माेडल अन्जु कुस्मी आउने भएकी छिन् । उनी प्राय थारु भाषाकाे माध्यमबाट आधुनिक संगित प्रस्तुत गर्दछिन् । धनगढी मुल घर भई काठमाडाैं संगतकर्म गर्दै आएकी कुस्मीकाे युटुबमा मिलियन्स अफ भ्युज र फेसबुकमा लाखाैकाे शंख्यामा फ्यान छन् । यस अघि कलाकार प्रिति […]

विराटनगर, वैशाख १ । विराटनगरकाे कञ्चनबारीमा भईरहेकाे व्यापार मेला महोत्सवमा आईतबार प्रसिद्ध गायिका मेलिना राई आउने भएकी छिन् । यस अघि कलाकार प्रिति पासवान, गायक महेश काफ्ले, सुमित खड्का, अन्जु गाैतम, तृष्णा गुरुङ लगाएतले यस मेलामा प्रस्तुती दिईसेकका छन् । मेलिना राईले पिरिम नलाउने, नाच फिरीरी, सिरैमा सरबन्दी लगाएतकाे दर्जनाैं हिट गानामा स्वर दिएकी छिन् […]