०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

काेराेना, परिक्षण र सामजसेवा : परिवर्तनकाे कथा

Logo

काठमाडौं, भदौ १५
अहिले सारा दुनियाँ कोरोना महामारीको चपेटामा छ । नेपालमा पनि यसको सङक्रमिण दिनदिनै बढिरहेको छ ।
कोरोनाका कारण अहिले देशमा दुई सय एक्काईस भन्दा धेरैले ज्यान गुमाई सकेका छ्न । भने अठ्तिस हजार भन्दा धेरैमा कोरोना पोजेटिभ देखि सकेको छ ।
नेपालमा चैत ७ गते देखी लगभग तिन महिना लामो पुर्ण लकडाउन भयो । लकडाउन भए लगत्तै समाचारका पनि रुपरंग बद्लिए । सबै समाचार कोरोनामय भए ।
नव रोग भएकैले होला मिडियाहरुले पनि कारोनाबारे विभिन्न खाल्का अड्कलबाजी गर्न थाले । तरिका तरिकाले काल्पनिक आकार दिन थाले । जसले जनतामाझ झुटा अफवा फैलाउने र त्रसित गराउने काम भयो ।
लकडाउनका कारण लामो समयसम्म देशका उद्योग कलकारखाना वाध्यतावस बन्द भए । यसको परिणाम स्वरुप धेरैले आफ्नो जागिर गुमाए । यो महामारीका बेला धेरैलाई आफ्नो अनि आफ्नो परिवारको चिन्ता थियो ।यस बिच गरिबले खाना खान नपाएर भोकै रात काट्नु परेका, भोकै हिडेर घरको यात्रा तय गरेका, मानिसहरु घर बाहिर निस्किन नपाउदा सडकका जनावरहरु भोकले छटपटिएका, सिमानामा देश फिर्न महाकालीमा हाम फालेका जस्ता समाचारले सामाजिक सन्जालका भित्ता भरिन थाले ।

जति बेला पनि यस्ता समाचार देख्दा काभ्रेका २५ वर्षिया युवा परिक्षण हुमागाईको मनमा छट्पट्टि हुन थाल्यो । प्राय फुर्सदका बेला टिकटकमा रमाउने परिक्षणले टिकटक पनि बनाउन छाडे । उनी भन्छ्न, “त्यस्तो बिजोकका समचारले म भित्रै भित्र रोई रहेको थिए । र मन शान्त पार्ने उपाय सोच्न तिर लागे ”

परिक्षण भन्छन , मलाई त्यस्ता समाचारले आफु गरिब भएर जन्मेकोमा पहिलो पटक दुःख लाग्यो । म संग आफ्नै समस्या थुप्रै थिए, छन पनि । यस्तो बेला मान्छेले भोगि रहेका दुःखले मलाई नरमाईलो लागिरहेको थियो। केहि त गर्नै पर्छ तैले भनेर मेरो मेरो आत्माले पनि घच्घच्याई रहेको थियो । गर्ने त गर्ने के गर्ने अनि कसरी गर्ने ? यस्तो काममा एक्लै भन्दा पनि समुह बनाएर सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । समुह बनाएर लाग्न पाए सहयोग पनि धेरै गर्न सकिन्थ्यो । एक रात मैले फेसबुकमा यसै विषयमा एक जना मिल्ने साथिलाई कुरा राखे । साथिले त्यति चासो देखाएन् । त्यतिबेला साथिले भनेको कुरा सम्झिन्छु, “यस्तो बेला आफ्नो ज्यान जोगाऔँ, अरुको ज्यान जोगाउन लाग्दा आफ्नो चै धरापमा पर्ला” भनेर व्यागं गर्यो । मैले केहि भनिन । उसको कुरा पनि एकपाटोबाट सोच्दा ठिकै लाग्यो । तर समाजमा बेरोजगारी, गरिबी र भोकले छट्पट्ईरहको मान्छेहरु देख्दा चुप लागेर बस्न मेरो मनले मानेन ।

त्यसपछि हुमागाइले धुलिखेलको युवा क्लवमा आवद्ध साथीहरुमा उनको कुरा राखे ।  “मेरो कुरा साथिहरुले सजिलै कुरा बुझ्नु भयो ” उनी भन्छ्न “मेरो जस्तै मन बेचैनी भएका साथी पाउँदा म अत्यन्तै खुसी भए । त्यै दिनबाटै सबै त्यो बाटो हुदै घर हिडेका पैदल यात्रिहरुलाई खान, बस्नको व्यवस्था मिलाउने काममा खट्न थाल्यौ”
उनी सम्झिन्छ्न “यसरी काम गर्दा कहिले काहिँ रातको बाह्र, एक बजे सम्म बाटोमा पैदल यात्री कुरेर बस्थ्यौ”

क्रम महिना दिनसम्म चलिरह्यो । बिस्तारै दुखको रुप फेरिदै गयो । पैदलयात्री पनि हिड्न छाडे । लकडाउनले कडा रुप लियो । अब दुख सडक हुँदै घरमा पुग्यो । लकडाउनले घरमै बस्नु पर्दा मान्छे घरमै भोकको सिकार हुन थाले ।

एक बिहान उनलाई अपरिचित नम्बरबाट फोन आयो ।
“सर हामी साह्रै अफ्ठेरोमा छौ । हजुरबाट केही सहयोग पाउन सकिन्छकि भनेर फोन गरेको” त्यो फोन काभ्रेकै एक बृद्धआश्रमबाट आएको थियो ।
उनि सम्झिन्छ्न, “म त्यति बेला घर जान भनी हिडेको थिए । साथिले बाईक चलाई रहेको थियो । म पछाडी बसेको थिए । त्यो कलले फेरि मलाई धुलिखेल फर्कायो ।
तुरुन्तै धुलिखेल आएर ,आफुले सकेको रासन अनि केही रकम जम्मा गरेर बृद्धआश्रम तिर लागे ”
त्यो दिनको घटनाले उनी अझै सोच्न थाले, यस्ता कति बृद्धआश्रम, अनाथालय, बालगृह होलान जसले यस्तै पीडा भोगी रहेका होलन ।
त्यो दिनबाट उनी त्यस्ता बृद्धआश्रम, अनाथालय खोज्न थाले जसलाई बाच्न पनि मुस्किल परेको छ । सङ्गै उनले चिनजानका साथीभाई आफन्तसङ्ग पनि सहयोगका लागि भनिदिने गर्न थाले । बिस्तारै उनलाई पिडितको मात्र नभएर सहयोगी मन भएकाहरुको पनि फोन आउन थाल्यो । अहिले उनी पिडित र सहयोग बिच पुलको काम गरिरहेका छ्न् । आएको सहयोग पारदर्शी होस भनी उनले सबै कामको विवरण फेसबुकमा राख्ने गरेका छन् ।

कोरोनाले निम्त्याएको बेचैनी अहिले परिक्षणकाे दैनिकी बनेको छ ।
सडकमा खाना खुवाउनु । सडकका जनावर, विभिन्न आश्रम, अस्पताल पुगेर सहयोग गर्नु उनको पेशा सोच्न थालेका छ्न साथीहरु पनि ।
उनी हाँस्दै भन्छ्न, “पहिला रमाईलो गरौ भनेर फोन गर्ने साथिहरु पनि अहिले यस्तो समस्या भएको मान्छे छ यार भनेर कल गर्छन ।’ यो कामले साथिहरुले मलाई हेर्ने नजर नै बद्लेको छ । वास्तविक खुसी त यो प रहेछ ।”
एक समय मनको अशान्ती मेट्न भनी समाजसेवामा लागेका परिक्षणको अहिले यहि परिचय बनेको छ ।

उनी भन्छ्न, अब समाजासेवालाई पनि जिवनको एक हिस्सा बनाएर अघि बढ्ने सङ्कल्प गरेको छु ।

कसैलाई अफ्ठेरो परेको खण्डमा उनलाई निम्न नम्बरमा 984-3673158 सम्पर्क गर्न
उनीकाे अनुरोध छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]