०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बेवास्ताले निम्त्याउने मृत्यु !

Logo

काठमाडाै‌ं, भदाै १६
✍ प्रकाश वेलवाशे

गाउँघरमा बा र आमैहरु बिरामी हुँदा प्राय : निम्‍न लक्षणहरु (उहाँहरुकै भाषामा) देखापर्छन् ।
जस्तो,
गानो भड्किनी
चक्कर लाग्नी
बसेर उठ्दा भनभनाउँनी
हस्याङ हस्याङ हुनी
सप्पै सरिलको मासु पाके झैँ दुख्नी
कोखो झन्किनी
हात खुट्टा खानी
भुडि फुल्लिनी
सेँई सेँई हुनी
भाउन्ने पर्नी
मुटुमा सिर्का हान्नी
र यस्तैउस्तै अरुअरु पनि ।

यस्ता लक्षणहरु देखा परिसकेपछी, उहाँहरु बहुसङ्ख्यकले गर्ने प्राथामिक उपचार भनेको झारफुक हो । आकल–भाकल हो । र कोहिकसैले स्थानिय जरिबुटी पनि सेबन गर्नुहुन्छ ।

यसो गर्दा करिब दुई देखी ६ महिना सकिन्छ । अनि बल्ल कै उपाए नलाएसी गाउँमै रहेको स्वास्थ्य चौकी या नामको अगाडि डाक्टर झुन्डाईएको स्वास्थ्य कर्मिको दैलो सम्म पुग्ने काम हुन्छ ।

स्वास्थ्य चौकीबाट, औसधीको रुपमा त्यहाँ जे उपलब्ध छ त्यहि थमाएर पठाउने काम हुन्छ । उक्त काम भनेको झाराटार्नु हो । झाराटराईले बिरामी निको हुने कुरै भएन ।
अनि त्यहि गाउँकै नामको अगाडि डाक्टर झुन्ड्याएकोले मनमैजु उपचार गर्छ । उ द्वारा ट्वाक्कै पार्ने हाईडोजको एन्टिबायोटिक दिएर पठाईन्छ ।
सबै स्वास्थ्य कर्मी उस्तै हुन्नन्, आफ्नो भुमिका बुझेका केहिले भने प्राथामिक उपचार गरि अस्पताल रिफर गर्छन् ।
केही समय बिरामीहरु यिनै एन्टिबायोटिकमा अल्झिनुहुन्छ । उहाँहरुमा उक्त दबैले केही फरक परेको भ्रम पर्नजान्छ । केहीलाई निको पनि हुन्छ ।
त्यो निको हुनु भनेको अँध्यारोमा हानेको बाँण शिकार माथी लाग्नु जस्तै हो । अर्थात फलानो डाक्टरले यस्तो पो भएको हो कि भनेर गरेको अनुमान मिल्न जान्छ ।
तर धेरैहरुको केशमा भने,
त्यो एन्टिबायोटिक खाएर बितायको समय नै अभिशाप हुन जान्छ ।
यसरी लरेतरे गर्दागर्दै बिरामीको छ महिना देखी १ बर्षको उमेर यत्तिकै सकिन्छ । भने अर्कोतर्फ बिरामीको स्वास्थ्य अबस्था नाजुक बन्दै जान्छ । जब बिरामी भित्र बाहिर गर्न नसक्ने हुन्छ, बल्ल हस्पिटल जाने दिन जुर्छ ।

जब हस्पिटल पुगिन्छ र सबै कुराहरुको जाँच सुरुहुन्छ, त्यतिन्जेल धेरै ढिला भैसकेको हुन्छ । झारफुक, जरिबुटी र एन्टिबायोटिकले बिरामीको अबस्था सुधार गर्नै नसक्ने गरी बिगारी सकेको हुन्छ ।

अनि रिपोर्ट यस्तो आउँछ कि, “बिरामीको रोग निको नहुने गरि फैलिसकेको सक्यो”। सुगर, युरिक एसिड, थाईराईड जस्ता दिर्घ रोगहरु एडिस्नल रोगका रुपमा धेरैमा देखापर्छ ।
बिरामीमा देखीने खास रोग त छँदैछ ।
यसरी हेर्दा, सुरुमा हेल्चेक्र्याई गरेको समयको ब्याज बाँचुन्जेल तिर्नुपर्ने हुन्छ । खासै केहि भएको हैन, भो खर्च हुन्छ भनेर उपचार गर्न ननिस्किनुको ख्यालठट्टा ( सिरियस रुपमा बाँचुन्जेल रोग र उपचारका लागि ज्यान सक्युन्जेल तिर्नुपर्छ । यस्तो तिराईले हामी गाउँलेहरुको घरखेत हुन्छ ।

हो, आजको दिन खासगरी ग्रामिण समाजमा यस्तै भएको छ ।
सुरु सुरुमा उपचारलाई बेवास्ता गरिन्छ । र पछि त्यहि बेवास्ता गरिएको रोगले ज्यान र सम्पती दुबै लियर जान्छ ।
यसैले यि सामन्य लक्षणहरु नै ( ठुलो रोगका लागी प्रयाप्त छन् । कतै हामीले, हाम्रा बा आमाहरुमा देखिने यस्ता लक्षणहरुलाई बेवास्ता गरिरहेका त छैनौ ?
चेतना भया ।

( यो लेख समाज अध्यनमा आधारित छ)

पुनश्च ( ऐँजरु लागेको रुख अबसान तिर जान्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]