१० कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

बेवास्ताले निम्त्याउने मृत्यु !

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

काठमाडाै‌ं, भदाै १६
✍ प्रकाश वेलवाशे

गाउँघरमा बा र आमैहरु बिरामी हुँदा प्राय : निम्‍न लक्षणहरु (उहाँहरुकै भाषामा) देखापर्छन् ।
जस्तो,
गानो भड्किनी
चक्कर लाग्नी
बसेर उठ्दा भनभनाउँनी
हस्याङ हस्याङ हुनी
सप्पै सरिलको मासु पाके झैँ दुख्नी
कोखो झन्किनी
हात खुट्टा खानी
भुडि फुल्लिनी
सेँई सेँई हुनी
भाउन्ने पर्नी
मुटुमा सिर्का हान्नी
र यस्तैउस्तै अरुअरु पनि ।

यस्ता लक्षणहरु देखा परिसकेपछी, उहाँहरु बहुसङ्ख्यकले गर्ने प्राथामिक उपचार भनेको झारफुक हो । आकल–भाकल हो । र कोहिकसैले स्थानिय जरिबुटी पनि सेबन गर्नुहुन्छ ।

यसो गर्दा करिब दुई देखी ६ महिना सकिन्छ । अनि बल्ल कै उपाए नलाएसी गाउँमै रहेको स्वास्थ्य चौकी या नामको अगाडि डाक्टर झुन्डाईएको स्वास्थ्य कर्मिको दैलो सम्म पुग्ने काम हुन्छ ।

स्वास्थ्य चौकीबाट, औसधीको रुपमा त्यहाँ जे उपलब्ध छ त्यहि थमाएर पठाउने काम हुन्छ । उक्त काम भनेको झाराटार्नु हो । झाराटराईले बिरामी निको हुने कुरै भएन ।
अनि त्यहि गाउँकै नामको अगाडि डाक्टर झुन्ड्याएकोले मनमैजु उपचार गर्छ । उ द्वारा ट्वाक्कै पार्ने हाईडोजको एन्टिबायोटिक दिएर पठाईन्छ ।
सबै स्वास्थ्य कर्मी उस्तै हुन्नन्, आफ्नो भुमिका बुझेका केहिले भने प्राथामिक उपचार गरि अस्पताल रिफर गर्छन् ।
केही समय बिरामीहरु यिनै एन्टिबायोटिकमा अल्झिनुहुन्छ । उहाँहरुमा उक्त दबैले केही फरक परेको भ्रम पर्नजान्छ । केहीलाई निको पनि हुन्छ ।
त्यो निको हुनु भनेको अँध्यारोमा हानेको बाँण शिकार माथी लाग्नु जस्तै हो । अर्थात फलानो डाक्टरले यस्तो पो भएको हो कि भनेर गरेको अनुमान मिल्न जान्छ ।
तर धेरैहरुको केशमा भने,
त्यो एन्टिबायोटिक खाएर बितायको समय नै अभिशाप हुन जान्छ ।
यसरी लरेतरे गर्दागर्दै बिरामीको छ महिना देखी १ बर्षको उमेर यत्तिकै सकिन्छ । भने अर्कोतर्फ बिरामीको स्वास्थ्य अबस्था नाजुक बन्दै जान्छ । जब बिरामी भित्र बाहिर गर्न नसक्ने हुन्छ, बल्ल हस्पिटल जाने दिन जुर्छ ।

जब हस्पिटल पुगिन्छ र सबै कुराहरुको जाँच सुरुहुन्छ, त्यतिन्जेल धेरै ढिला भैसकेको हुन्छ । झारफुक, जरिबुटी र एन्टिबायोटिकले बिरामीको अबस्था सुधार गर्नै नसक्ने गरी बिगारी सकेको हुन्छ ।

अनि रिपोर्ट यस्तो आउँछ कि, “बिरामीको रोग निको नहुने गरि फैलिसकेको सक्यो”। सुगर, युरिक एसिड, थाईराईड जस्ता दिर्घ रोगहरु एडिस्नल रोगका रुपमा धेरैमा देखापर्छ ।
बिरामीमा देखीने खास रोग त छँदैछ ।
यसरी हेर्दा, सुरुमा हेल्चेक्र्याई गरेको समयको ब्याज बाँचुन्जेल तिर्नुपर्ने हुन्छ । खासै केहि भएको हैन, भो खर्च हुन्छ भनेर उपचार गर्न ननिस्किनुको ख्यालठट्टा ( सिरियस रुपमा बाँचुन्जेल रोग र उपचारका लागि ज्यान सक्युन्जेल तिर्नुपर्छ । यस्तो तिराईले हामी गाउँलेहरुको घरखेत हुन्छ ।

हो, आजको दिन खासगरी ग्रामिण समाजमा यस्तै भएको छ ।
सुरु सुरुमा उपचारलाई बेवास्ता गरिन्छ । र पछि त्यहि बेवास्ता गरिएको रोगले ज्यान र सम्पती दुबै लियर जान्छ ।
यसैले यि सामन्य लक्षणहरु नै ( ठुलो रोगका लागी प्रयाप्त छन् । कतै हामीले, हाम्रा बा आमाहरुमा देखिने यस्ता लक्षणहरुलाई बेवास्ता गरिरहेका त छैनौ ?
चेतना भया ।

( यो लेख समाज अध्यनमा आधारित छ)

पुनश्च ( ऐँजरु लागेको रुख अबसान तिर जान्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]