०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

आम हड्ताल प्रभाव : आज देशभरी के के भयो ?

Logo

विराटनगर, माघ २२
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालको कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण देशभर लामो दुरिका सवारीसाधन सञ्चालन हुन सकेको छैन ।
बन्दलाई सफल पार्न प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरु बिहानै देखि बिभिन्न सहरहरुको मुख्य स्थानहरुमा प्रदर्शन गरिरहेका छन् । बन्दको कारण मुलुकभरका व्धियालयहरु आज संचालन हुन सकेन । मुलुकको बिभिन्न स्थानमा बन्दकर्ता र प्रहरी बिच घम्साघम्सी समेत भएको छ ।

प्रदेश १
प्रदेशको राजधानी बिराटनगरमा बन्दकर्ताहरुले विहानदेखिनै चार चक्के सवारीहरु चल्न दिएका छैनन् । उनीहरुले ठाँउ–ठाँउमा टायर बालेर सवारी आवत जावतमा अवरोध पुर्याई रहेका छन् । दुइ चक्के सवारी तथा सिटिसफारीहरु फाटफुट रुपमा गुडिरहेका छन् ।
विराटनगरका प्राय चोकहरुमा हड्ताल सफल बनाउन बन्दकर्ताहरु समुह बनाएर बसेका छन् । उनीहरुले बिहानदेखि नै बजारक्षेत्रमा पसलहरु खोल्न दिएका छैनन् । विराटनगरको विद्यालयहरुपनि संचालनमा आएको छैन् । बैंक तथा वित्तयसंस्थाहरु भने सुरक्षा निकायको कडा निगरानीमा खुलिरहेको छ ।
यसैक्रममा विराटनगरको शनिमन्दिरमा बन्दकर्ताले टायर बालेर प्रदर्शन गरेका छन् । बन्दकर्ताले बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड समेत गरेका छन । सरकारी गाडी तोडफोड गरेको आरोपमा नेपाल समूहका पाँचजना कार्यकर्तालाई मोरङ प्रहरीले गिरफ्तार समेत गरेका छ ।
त्यस्तै धरानमा छोटो दूरीमा यातायात आवगमनमा बाधा पु¥याईएको छैन । धरानको भानुचोकमा बिहान प्रदर्शनकारी र मजदुरबीच घम्साघम्सी भएको छ ।
प्रदेश २
प्रदेश नं. २ मा पनि बन्दकर्ताहरुले विहानदेखिनै चार चक्के सवारीहरु चल्न दिएका छैनन् । उनीहरुले मुख्य राजमार्गमा बसेर सवारी सञ्चालनमा अवरोध गरिरहेका छन् । बन्दकर्ताले लहानमा बिहीबार बिहानै ट्रकमा ढुंगा हानेका छन् । उक्त कार्यमा संलग्न दुई जनालाई तत्काल पक्राउ गरिएकोे छ ।

बागमती प्रदेश
बागमती प्रदेशमा प्रहरीले लामो दूरीका सवारीसाधनलाई स्कर्टिङ गरेर गन्तव्यततर्m पठाइरहेको छ । सिन्धुपाल्चोकमा भने बन्दको खासै प्रभाव देखिएको छैन । अन्य जिल्लामा आंशिक प्रभाव छ ।
काठमाडौं उपत्यकामा आमहड्ताल सफल पार्न भन्दै प्रचण्ड आफैं सडकमा निस्किएका छन् । प्रचण्डले सरकारले बलमिच्याइँ गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको प्रतिक्रिया दिएका छन् ।

गण्डकी प्रदेश 
गण्डकी प्रदेशमा भने बन्दको प्रभाव आंशिक रुममा देखिएकोे छ ।
महेन्द्रपुलमा प्रचण्ड–माधव समूहले विहानदेखिनै प्रदर्शन गरिरहेको छन् । प्रदर्शनमा रामकाजी गुरुङ, दीपक कोइराला लगायतका नेताहरु देखिएका छन् ।
ओली समूहका नेता–कार्यकर्ताले भने बन्दको विरोधमा मोटरसाइकल ¥याली निकालेका छन ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा पनि बन्दको प्रभाव आंशिक रहेको छ । ठाउँठाउँमा प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता प्रदर्शन गरिरहेको छन । यात्रा गर्न चाहनेका लागी मागअनुसार स्कर्टिङको व्यवस्था पनि गरिएको छ ।
बुटवलमा बिहानैदेखि सार्वजनिक यातायात र मालवाहक सवारीसाधनहरु चलेका छैनन् । रुपन्देहीमा पनि आम हड्तालको प्रभाव परेको छ ।

कर्णाली प्रदेश 
कर्णाली प्रदेशको राजमार्गहरुमा सवारीसाधन चलेका छैनन् । प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताले राजमार्गहरुमा सवारीसाधन चल्न दिएका छैनन् भने ओली समूहका नेता–कार्यकर्ताहरु खुला गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेश
प्रदेश अन्र्तगतका राजमार्ग र विभिन्न सहरीक्षेत्रीमा आम–हडतालको प्रभाव देखिएको छ । सहरका मुख्यक्षेत्रहरुमा बन्दतकर्ताहरुले टायर बालेका छन् । काठमाडौंबाट सु्दूर पश्चिमका लागी छुटका लामो दुरीका सवारी साधनलाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्यसम्म पु¥याईरहेको छ ।

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]