२९ आश्विन २०८१, मंगलबार
15-10-2024 , Tue

असली शहिद काे ?

Logo
प्रकाशित सोमबार, माघ २६, २०७७

विराटनगर, माघ २६
माघको दोस्रो साताभरी शहीदहरुको चर्चा गर्ने दिन हो । उक्त समयमा हाम्रा शहीदहरु दशरथ चन्द, सुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गगांलाल श्रेष्ठलाई सम्झीने गरिन्छ । यी शहीदहरुको नाम नेपाली समाजको जनजिब्रोमा अहिले पनी ताजै छ । १०४ बर्षको जहानीया राणा शासन विरुद्धमा गरिएको आन्दोलनमा वहाँहरुलाई राणाहरुले पहिले आत्मआलोचना गर्न र माफी माग्ने दवाव दिएका थिए तर वहाँहरुले नमाने पछी मृत्यु दण्डको सजाय सुनाईएको थियो । सोही अनुसार राणाद्धारा १९९७ साल माघ १० गते शुक्रराजलाई फाँसी दिई मारियो । त्यसैगरी धर्मभक्तलाई पनि सोही वर्षको माघ १२ गते फाँसी दिई मारियो । दुई दिनपछि माघ १४ अन्य दुई सहिद गंगालाल र दशरथचन्दलाई गोली हानी राणीद्धारा हत्या गरियो ।
वहाँहरुले राणाको अगाडि घुडा टकेको भए वहाँहरुलाई राणाहरुले मार्ने थिएनन् । घुँडा नटेको कारण वहाँहरुलाई मृत्यूदण्ड दिइयो । यस्ता शहीदहरुलाई नेपाली समाजले जहीले पनी सम्मान गर्दछ र गर्नुपर्छ । वहाँहरुले गर्नुभएको योगदानको विषयमा पछिल्लो समय चर्चा गर्ने फुर्सद हाम्रा दलिय नेतामा देखिएन । हाम्रा वीर शहिदहरु कुनै दल विशेषको व्यक्ति नभएको कारणले पनि होला नेताहरुमा शहिदप्रति सम्मानको भावना नपलाएको ।
दलले समय समयमा आफुले आन्दोलन गर्दा ज्यान गुमाएका आफ्ना कार्यकर्तालाई शहीद घोषणा गर्न दवाव दिने र सरकारले पनी सिफारिसमा परेका मुर्दा कार्यकर्तालाई शहीद घोषणा गरिदिने गरेको छ । आफ्नो दलमा धेरै सहिद एकठ्ठा पार्ने पार्टिगत होडले पनि नेपालमा अहिले दर्जनौ नव–शहिद उत्पादन गरेका छ । यसरी राज्यसँग पार्टिहरुले दलाली गरेर बनाईएका सहिदहरुको नाम सरकारी कागजमा त छापिए होला तर नेपालीको मनमा कहिले छापिन सकेन ।

झापाविद्रोहमा मारिएका भनिएका आफ्ना कार्यकर्तालाई गणतन्त्र आएपछी सिपी मैनालीले शहीद घोसणा गराए । राजनीतिक परिवर्तन सँगसँगै २०४६ सालपछी अहिलेसम्म धेरै शहीद भएका छन् । शहीद घोषणा गराउन सरकारलाई दवाव दिने तत्कालीन नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले ,मधेसी जनअधिकार फोरमनेपाल लगायत धेरै दलहरु छन् ।

गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेलामा तत्कालीन बिद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई खूशी पर्न वहाँका कार्यकर्ता जो मरेका थिए उनीहरुलाई शहिद घोषणा गर्ने काम भयो । शहीद घोषणा गरेपछी घोषणा गरिएका व्यतिmको परिवारलाई १० लाख दिने निर्णय गरेपछी अहिले त्यस्ता शहिदलाई १० लाखे शहीद भनेर भनिन्छ । कतिपय शहीद घोषणा गरिएका व्यतिmको कुन आफन्तलाई १० लाख दिने यो बिवाद पनी नआएको होइन । कसैको छोरा थियो बुवा आमा हुनु हुन्थ्यो । हकदावी सबैले गरेपछी रकम बाँडफाडमा समेत बेलाबेला समस्या देखिदै आएको छ । केही नव–शहिदका आफन्त त शहीद घोषणा त भयो तर १० लाख पाइँन भनेर भन्न समेत पछी पर्दैनन् । यस्तो दृष्टान्तहरुले समेत शहिद उपनाम नेपाली समाजमा १० लाख रुपैयाँ भन्दा सस्तो भईसकेको पुष्ठी गर्दछ ।
२०६२/६३ सालको आन्दोलनमा दुई दर्जनभन्दा बढीले ज्यान गुमाए । उनीहरुलाई सरकारले शहीद घोषणा गर्यो । उनीहरुको नाम उल्लेख गरी सबै अटाएको फोटो बनाई फ्रेममा हालीयो । उनीहरुको फोटो सहीतको फेमलाई ५ हजारसम्ममा बेचियो । जसले फोटो बनायो त्यसले निकै रकम कमायो । अधिकांश सरकारी कार्यालयले किने । यसरी उनीहरुको फोटोको ब्यापार राम्रोसँग भयो । जो नेताले उनीहरुलाई शहीद घोषणा गराउने पहल गरे उही नेतालाई पनि अहिले उनीहरुको नाम सायदै याद होला ।
२०६२/६३ सालको आन्दोलनमा ज्यान गुमाएका जसलाई राज्यले शहीद घोषणा गरेको छ, उनीहरुको परिवारको अवस्था के छ फर्केर हेरेको पाइदैन । उनीहरुलाई गणतान्त्रिक सरकारले बिर्सेको छ किनकी गणतान्त्रिक सरकारले उनीहरुलाई आत्मादेखी शहीदको रुपमा स्विकार गरेको छैन । त्यसपछी मधेश आन्दोलनको समयमा पनी केहीले ज्यान गुमाए । उनीहरुलाई मधेश केन्द्रित दलहरुले आफ्नो कार्यकर्ता भन्दै शहीद घोषण गर्न दवाब दिए । सरकारले पनी शहीद घोषणा सँगसँगै १० लाख उनीहरुका परिवारलाई दिने निर्णय भयो । उनीहरुका परिवारलाई सोधेमा १० लाख पाएका छौं भन्दैनन् । कतिले केहि कम, कतिले आधा र कतिले त पाएकै छैन भन्ने उत्तर आउदँछ । शहिदले पाएको उपदानको समेत कमिशन खाने को को हुन् ? यो पत्ता लगाउन जरुरी छ ।
उनीहरुलाई वर्षमा एक दिन मधेश केन्द्रित दलले सम्झने गरेका छ उनीहरुलाई मधेश केन्द्रत दल बाहेक अरुले आत्मादेखिनै स्विकार गरेको पाइदैन । दश वर्ष जनयूद्ध भयो , मधेश आन्देलन, थारुहट आन्दोलनमा ज्यान गुमाएका व्यतिmको परिवारलाई भेला गरी सोधेममा आफ्नो छोराले ज्यान गुमाएर देशमा परिवर्तन ल्याएको भन्दैनन् । हामीलाई राज्यले हेरेन, हामीले राहत पाएनौ, हामीलाई दिने भनेको १० लाख अहिले पनी पाएका छैनौं भन्दछन् । वास्तवमा शहीद घोषण सँगसँगै १० लाख दिने निर्णय र प्रचलनले गर्दा शहिद शब्दको अपमान भएको छ । जसले राजनीतिक परिवर्तनको नाममा आन्देलनमा सहभागी भई ज्यान गुमाए उनीहरु १० लाखका भोका थिएनन् ।
जसले ज्यान गुमाए उनका परिवार अहिले पनी २ छाक खाना खान पाएका छन् छैनन् हेरिनु पर्छ । दलका नेता, तीनका परिवारलाई परिवर्तनले राम्रो व्याख्या गरेको छ अन्यको हकमा जुन जोगी आए पनी कानै चिरेका सरह छ । तसर्थ शहीद शब्द मजाकको पात्र होइन, शहिद शब्दलाई मजाकको पात्र नबनाऔ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

निरज बस्नेत भदाै १८ “आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार।” यहि स्टाटस हालेर बालेन शाह एकाएक पुनस् एकपटक भाइरल भएका छन् । उनको यो स्टाटसमा रातारात लाखौंको संख्यामा लाइक, कमेन्ट अनि शेयर आएको छ । यो पाली मात्र नभएर, यस्ता (यस्ता […]

✍मनु बुढाथोकी काठमाडौं, फागुन २ जनयुद्ध कालको स्मरण गर्दा स्कुले जिवन- कलिलो बाल मस्तिष्क अनि घर बाट पैदल लगभग ३० मिनेटको दुरीमा रहेको हाइ – स्कुलको याद आउछँ । त्यो बेला उदेयपुरमा स्कुल जांदा आउंदा आफ्ना टाउको माथिबाट डुडुडुडु गर्दै उडेका हेलिकप्टरका आवाजले यति त्रसित बनाउथ्यो कि,सोच्दा पनि यस्तो लाग्छ त्यो बाल मष्तिस्क भित्र कति […]

निरज बस्नेत विराटनगर, माघ ११ आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा […]