२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

मोरङमा “स्मार्ट मिटर” जडान गर्दै विद्युत प्राधिकरण

Logo
प्रकाशित बुधबार, माघ २८, २०७७

विराटनगर, माघ २८
नेपाल विद्युत प्राधिकरणले मोरङको विभिन्न पालिकाहरुमा स्मार्ट डिजिटल मिटर जडानको काम शुरु गरेको छ । यी क्षेत्रमा रहेका पुराना थ्री फेजको एनालग मिटरलाई प्रतिस्थापन गर्दै नयाँ स्मार्ट मिटर जोड्ने कार्यको थालनी गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको विराटनगर वितरण केन्द्र मताहातमा रहेका विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, बूढीगङ्गा गाउँपालिका र जहदा गाउँपालिकामा मिटिर प्रतिस्थापनको काम हुदैछ ।
यस क्षेत्रमा करिब २५ सय थ्रि फेजका उपोभोक्त रहेको केन्द्रले जनाएको छ । तिन महिनाभित्र सो क्षेत्रका सबै थ्रि फेज मिटर प्रतिस्थापन गरिसक्ने लक्ष्य रहेको विराटनगर वितरण केन्द्रका प्रशासन प्रमुख भरत केसीले जनाकारी दिनुभयो ।
थ्रि फेज लाईनका उपोभोक्त भन्नाले २५ एम्पीयरसम्म विद्युत खपत गर्ने ग्राहकलाई बुझिन्छ । थ्रि फेज लाईन प्राय उद्योग तथा व्यापारिक प्रतिष्ठानमा प्रयोग हुने गर्दछ ।
समान्यतय घरहरुमा भने सिगंल फेज लाईन जोडान गरिन्छ जुन ५ एम्पीयरसम्मको हुने गर्दछ । विराटनगर विरतण केन्द्रसँग ७० हजारको हाराहारीमा सिगंल फेजका ग्राहक छन् । सिंगल फेजको मिटरलाई भने स्मार्ट डिजिटलमा  प्रतिस्थापन गराउने हाल कुनै योजना नरहेको केन्द्रका प्रशासन प्रमुख के.सीले बताउनु भयो । नेपाल विद्युत प्राधिकरणले हालसम्म काठामाडौंको रत्नपार्क र महाराजगंजमा मात्र सिगंल फेजका ग्राहकलाई डिजिटल मिटर उपलब्ध गराएको छ ।

स्मार्ट  मिटरका फाईदा के के हुन् त ?
स्मार्ट डिजिटल मिटरले कति युनिट बिजुली खपत भयो भन्ने बारे सेल्फ रिडिङ गर्ने गर्दछ । ओटोमेटिक मिटर रिडिङ हुने भएका कारण मिटर–रिडर ग्राहकको घरसम्म पुगीराख्नु पर्ने हुदैन । त्यसै गरी स्मार्ट डिजिटल मिटर लगाए पश्च्यात तोकिएको एम्पीयर भन्दा बढी बजुली खपत गरे ओटोमेटिक पावर कट हुनेछ । हाल उपोभोक्ताहरुले ५ एम्पीयरको विद्युत जोडान गरेर १६ एम्पीयर सम्मको विद्युत खपत गर्ने गरेका छन् ।

वेफाईदा के ?
स्मार्ट डिजिटल मिटरले ओटोमेटिक मिटर रिडिङ गर्दा कहिले काही प्राविधिक त्रुत्री हुने गर्दछ । जसका कारण अत्याधिक बढी युनिट उठेर मानिसहरुको बिल्लीबाठ हुने गरेको छ । सो घटनालाई लिएर बलिउडमा “बित्ति गुल मिटर चालु” नामको फिल्म समेत बनाईएको छ । प्राविधिक त्रुत्रीका कारण बिलमा बढी युनिट आएकोले एक उद्योगीले आत्माहत्या गर्नुपरेको उक्त फिल्ममा देखाईएको छ ।
प्राधिकरणले माघ २ गते दखिनै नै मोरङको विभिन्न पालिकामा डिजिटल मिटर जोड्ने काम शुरु गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२२ माघ ।  सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता हुन भनेको हो । साथै कम्पनी नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्नसमेत भनेको छ । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई […]

 जेठ ३१,विराटनगर ।  विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेको नासाको विश्लेषणले देखाएको छ । ‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले एक समाचार विज्ञप्तिमा भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।’ पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम […]

मंसिर १६, विराटनगर विराट एक्स्पो २०७९को प्रदर्शनीमा वोर्किङ रोबट समेत राखिने भएको छ । उक्त रोबट मान्छेले दिएको भोकल कमाण्डको आधारमा काम गर्ने बताईएको छ । ईभेन्टका संयोजक भोलेश्वर दुलालले एक्स्पोमा तिन थान त्यस्ता रोबट राखिने जानकारी दिए । वोर्किङ रोवोर्टले मान्छेजस्तै सवै खाले श्रम गर्ने भएकाले पछिल्लो समय नेपालमा खड्किएको श्रमिकको समस्या प्रविधिबाटै हल […]