०४ साउन २०८३, सोमबार
20-07-2026 , Mon
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

प्राईभेट क्लीनिकको भिजिटिङ कार्डमा कोशी अस्पतालको नाम दुरुपयोग

Logo

विराटनगर, चैत ६
कोशी अस्पतालमा कार्यरत्त केही डाक्टरहरुले आफ्नो प्राईभेट क्लीनिकको भिजिटिङ कार्डमा समेत कोशी अस्पतालको नाम प्रयोग गर्ने गरेको पाईएको छ । अस्पतालमा करार नियुक्ति पाएका ति डाक्टरहरुले सरकारी संस्थाको नामको दुरुपयोग गरी विरामीलाई झुक्याउने काम गरिरहेको पाईएको हो ।
झट्ट हेर्दा कोशी अस्पतालकैजस्तो देखिने त्यस्ता भिजिटिङ कार्डमा सम्पर्क नम्बर भने प्राईभेट क्लीनिकको दिईएको हुन्छ । विरामीहरु पनि सरकारी अस्पताल हो भन–ठानेर सो नम्बरमा सम्पर्क गर्ने गर्दछन् । तर उक्त कार्डमा दिईएको नंम्बरमा फोन लगाउदा कोशी अस्पतालमा नभएर कुनै प्राईभेट क्लीनिकमा फोन जाने गर्दछ ।
यसरी बिरामीले फोन सम्पर्क गर्दा क्लीनिकका प्रतिनिधिले अस्पतालमा भन्दा राम्रो सेवा क्लीनिकमा पाईने भन्दै विरामीको माईड डाईभर्ट गर्ने काम गर्दछन् । सोझा–साझा विरामीलाई ठगेर, झुक्याएर र डराएरै भए पनि क्लीनिकमै आउन बाध्य पर्दछन् ।
गरिब तथा निमुखा घरपरिवारका विरामीहरु सरकारी अस्पतालमा सस्तो तथा उत्कृष्ट चिकित्सय सेवा पाउने आशका साथ डाक्टरलाई सम्पर्क गर्ने गर्दछन् । तर डाक्टर भने डाकाको स्वरुप धारण गरेर कसरी हुन्छ बिरामीलाई लुट्नुपर्छ भन्ने धेयका क्लीनिक खोलेर बसेका हुन्छन् ।
सरकारी अस्पतालको नाम प्रयोग गरेर प्राईभेट किल्नीक चालउने .ठगीधन्धा भईरहदा समेत सरकारका नियामक निकाय भने बेखबर रहेको छ । त्यस्ता डाक्टर र क्लीनिक संचालकलाई खोजी खोजीे कारवाही गर्नु जरुरी देखिएको छ ।
यस विषयमा खबरदारी निरन्तर जारी रहनेछ : जनचर्चा डटकम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]