१२ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

बिरामी ठग्दै विराटनगरका प्राइभेट क्लीनिक : अनुगमन शुन्य

Logo
प्रकाशित बुधबार, चैत्र १८, २०७७

विराटनगर, चैत १८
विराटनगरका प्राईभेट क्लीनिकहरुले कोशी अञ्चल अस्पतालको नाम दुरुपयोग गरी बिरामी झुक्याईरहदा महानगरभित्र रहेका नियामक निकायहरु भने मौन छन् ।
बारम्बार संचारमाध्यममा सो विषय उठान हुँदा समेत महानगर भित्र रहेका नियामक निकायहरुले अनुगमन गर्ने जर्मोको गरेका छैनन् ।

विराटनगरको कोशी अस्पताल आसपासमा विकास सरदारको समुहले विभिन्न किलिनिक संचालन गरी विरामी ठग्ने गरिरहेको यसअघि पनि जनचर्चा डट कमले ठोस प्रमाण सहित समाचार संप्रेषण गरेको थियो ।

सरदारले आफ्नो क्लिनीकको भिजिटीङ कार्डमा कोशी अस्पतालमा कार्यरत्त डाक्टर र कोशी अस्पतालको नाम दुरुपयोग गरेर विरामीलाई झुक्याउने गरेका छन् ।
झट्ट हेर्दा कोशी अस्पतालकै अफिसियल भिजिटिङ कार्ड जस्तो देखिने गरी सरदारले फर्जी कार्ड छपाएका छन् । त्यस्ता भिजिटिङ कार्डमा सम्पर्क नम्बर भने प्राईभेट क्लीनिकको दिईएको छ । विरामीहरु पनि सरकारी अस्पताल हो भन–ठानेर सो नम्बरमा सम्पर्क गर्ने गर्दछन् । तर उक्त कार्डमा दिईएको नंम्बरमा फोन लगाउदा कोशी अस्पतालमा नभएर कुनै प्राईभेट क्लीनिकमा फोन जाने गर्दछ ।

बिरामीले फोन सम्पर्क गर्दा क्लीनिकका प्रतिनिधिले अस्पतालमा भन्दा राम्रो सेवा क्लीनिकमा पाईने भन्दै विरामीको माईड डाईभर्ट गर्ने काम गर्दछन् । सोझा–साझा विरामीलाई ठगेर, झुक्याएर र डराएरै भए पनि क्लीनिकमै आउन बाध्य पर्दछन् । कार्डको नम्बरमा सम्पर्क गर्ने विरामीलाई मनोवैज्ञानिक प्रभाव पार्ने गरेको उनीहरुको झाँसामा परेका विरामीहरुले बताउने गरेका छन् ।

विराटनगर महानगरपालिका भित्र महानगरकै जनस्वस्थ्य महाशाखा, जिल्ला प्रशासन कार्यलय तथा स्वास्थ्य क्षेत्र हेर्ने समाजिक विकास मन्त्रालय हुँदा समेत यस विषयमा गम्भीरतापुर्वक अनुगमन गर्ने कुनै पनि निकायले जमर्को गरेको पाईदैन ।

याे पनि पढ्नुहाेस् : कोशी अस्पतालमा लगाएको फोन कसरी पुग्छ प्राईभेट क्लीनिकमा ?

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]