२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

फिल्म समिक्षाः दर्शकको मनछुने ‘चिसो मान्छे’

Logo
प्रकाशित शनिबार, आषाढ ०४, २०७९

विराटनगर, असार ४
निरज बस्नेत
नेपाली कथानक चलचित्र चिसो मान्छे देशभर चलिरहेको छ । दिपेन्द्र के खनाल निर्देशित यो चलचित्र अर्ग्यानिक बेसमा निर्मित गरिएको छ । चलचित्रमा स्वस्तिमा खड्काको सशक्त अभिनयले आम दर्शकको मन जितेको छ । वरिष्ठ कलाकार देशभक्त खनालले स्वस्तिमाको ससुराको रोल प्ले गरेका छन् ।

यसमा देशभक्तको जोडदार अभिनयले मुवीलाई मार्गनिर्देश प्रदान गरेको छ । थिएटर बेसबाट उँदाएका अर्पण थापाको धमाकेधार एक्टिङले कथामा दर्शकलाई बाध्न सफल सिद्ध भएको छ । यही ३ पात्रको सेरोफेरोमा पुरै चलचित्रको अन्तर कुन्तर लुकेको छ ।

कोरोनाकालको विशेषगरी लकडाउँनको समयलाई चलचित्रले कथाको कन्सेप्ट बनाएँको छ । खाडी मुलुक, बाजुरा, काठमाडौंभित्रका घटनाक्रम चलचित्रले गहन रुपमा उठाएँको छ ।
जब, चलचित्र हलको पर्दामा शुरु हुन्छ । रातो बाकसभित्र चिसो मान्छे अटाउँछ । यही रातो बाकसभित्रको चिसो मान्छे खाडी मुलुकबाट काठमाण्डौं उत्रिन्छ । चिसो मान्छे मतलब मरेको मान्छे ।

देशभक्तका छोरा अर्थात स्वस्तिमाका श्रीमान्को लास कोरोनाको समयमा खाडीबाट काठमाडौं आईपुग्छ । जुन समयमा विश्वभरि लकडाउन लागेको हुन्छ । यसमा नेपाल अछुतो हुने कुरै आएँन ।
यही लास आएको खबर बाजुरामा पुग्छ । तत्कालै वुवा देशभक्त, श्रीमती स्वस्तिमा अनि चालक अर्पण काठमाण्डौं हानिन्छन् । बाजुराबाट काठमाडौं पुगेका अनि काठमाडौंबाट बाजुरा फर्केको घटनाक्रम नै चलचित्रको जान हो ।
चलचित्रभित्र दुःखका अनगिन्ती आरोह अवरोह, जीवनका विविध उतारचढावहरुलाई निर्देशक दिपेन्द्रले बडो मिहिनेतका साथमा प्रस्तुतिमा कलात्मक ढंगले पस्केका छन् । यसमा दिपेन्द्रको क्षमताको तारिफ गर्नेपर्छ । यिनी ऐतिहासिक रुपमा सफल पशुपति प्रसादका मुवी मेकर समेत हुन् ।
चलचित्र हेरुन्जेल कहीँकतै दर्शकलाई बोर फिल हुदैन । सतप्रतिशत राम्रो मुवी बनेको छ । पैसा वसुल निश्चित रुपमा हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]