१८ भाद्र २०८२, बुधबार
03-09-2025 , Wed
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

कैलालीमा बाढीपीडितलाई राहतकाे माग

Logo
प्रकाशित आइतबार, आश्विन ०२, २०७९

धनगढी, २ असोज ।

नेपाली काङ्ग्रेस कैलालीले यही भदौ ३०, ३१ र असोज १ परेको वर्षाका कारण प्रभावित बनेका परिवारलाई उचित राहत तथा र पुनस्थापनाको व्यवस्था मिलाउन माग गरेको छ । कैलालीका विभिन्न स्थानमा गरी एक हजार पाँच सय बढी परिवार प्रभावित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै काङ्ग्रेस कैलालीले विज्ञप्ती जारी गरेर तीनवटै तहका सरकारसंग यस्तो माग गरेको हो ।

प्राकृतिक विपदमा ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धान्जली दिँदै काङ्ग्रेस किलालीले प्रभावित भएका व्यक्ति र परिवारको उद्दार, राहत, बसोबास र पुनस्स्थापनाको कार्यमा खटिन काँग्रेस कैलालीका सम्पूर्ण इकाईहरु, भातृ तथा शुभेच्छुक संघसस्था, क्रियाशील सदस्यहरूलाई आह्वान समेत गरेको छ ।

प्राकृतिक विपदबाट प्रभावित तथा विस्थापित भएकाहरुलाई यथासिघ्र सुरक्षित बसोबासको व्यवस्था मिलाउन र उनीहरुलाई उचित राहत सामग्री उपलब्ध गराउँदै पुनस्र्थापनाको यथोचित व्यवस्था मिलाउन नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र कैलालीका सबै स्थानीय सरकारहरुसंग गरिएको छ । नदी कटान र डुबानका कारण भएको धनमालको यथासिघ्र यथार्थ विवरण संकलन गरी उचित क्षतिपूर्ति दिन पनि तीनै तहका सरकारहरुसंग माग गरिएको छ ।

‘कैलाली सहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति पीडितहरुको पीडामा संवेदना व्यक्त गर्दै नेपाल सरकार तथा प्रदेश सरकारलाई बेपत्ताहरुको खोजी कार्य प्रभावकारी बनाउन र पीडितहरुलाई यथासिघ्र उचित राहत तथा क्षतिपूर्ति र पुनस्र्थापनाको व्यवस्था मिलाउन नेपाली काँग्रेस कैलाली जोडदार माग गर्दछ’ काङ्ग्रेस कैलालीका सभापति नारायणदत्त भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२९ श्रावण, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा भर्ना कार्यक्रम धमाधम भइरहेको छ। श्रावणको पहिलो साताबाटै सुरु भएको भर्ना कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीहरुको चासो देखिएको छ। शैक्षिक सत्र २०८२ (सन् २०२५) का लागि ५ वर्षे बि.एल.एल.बि र ३ वर्षे एल.एल.बि शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना लिईदैछ। उक्त शैक्षिक कार्यक्रमहरु बार्षिक प्रणालीमा संचालित हुने […]

विराटनगर, भाद्र २८ – देशको  पुरानो र भरपर्दो शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसाेसियट्सले मंगलबार विराटनगरमा आफ्नो ११औं शाखाको उद्घाटन गरेको छ। उद्घाटनकै अवसरमा विदेश पढ्न जान चाहने विद्यार्थीहरूको लागि ग्लोबल एक्स्पोको पनि आयोजना गरिएको थियो। संसारीमाई स्थान नजिक रहेको कन्सल्टेन्सी भवनमा आयोजित कार्यक्रममा विदेश अध्ययनमा रुचि राख्ने ५०० भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। […]