२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

एनआरएन उपाध्यक्ष आचार्यले अभियन्ता डा. प्रमोद ढकाललाई सम्झिए

केन्द्रिय अध्यक्षको लागि अचार्यको तयारी
Logo

टोरन्टो, भाद्र ०२
गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले एनआरएन अभियन्ता डा. प्रमोद ढकाललाई सम्झिएका छन् ।
शनिवार यहाँ आयोजित एनआरएन क्यानडाको १२ औं साधारणसभालाई सम्बोधन गर्दै आचार्यले डा. ढकालले खुला विश्वविद्यालय स्थापना गर्न क्यानडा छाडेर नेपाल मै ६, ७ वर्ष बसेर रातदिन काम गरेको तर विश्वविद्यालय स्थापना भएपछि उहाँलाई नसमेटिएको गुनासो गरे । “नेपालमा बौद्धिक लगानीको कुरा गर्दा हामीले प्रमोद ढकाल जस्ता अभियन्तालाई विर्सन हुंदैन, उहाँहरुको सम्मान गर्ने वातावरण बनाउनु पर्छ,” उनले भने ।
उपाध्यक्ष आचार्यले सबै एनआरएनहरुको प्रमुख चासो रहेको नेपालमा सम्पत्ति सुरक्षाको विषय र गैर आवासीय नेपाली नागरिकताको विषयबारे पनि बोलेका थिए । “गैरआवासीय नेपाली नागरिकता ऐनमा उल्लेखित सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार भनेको के हो भन्ने स्पष्ट पार्न जरुरी छ ।

त्यस्तै नेपाली नागरिकको रुपमा हामीसंग रहेको सम्पत्ती गैर आवासीय नेपाली नागरिकता पाए पछि पनि सुरक्षित हुनेछ भन्ने प्रस्ट खुलाउन जरुरी छ। भूतपूर्व गोर्खाहरुको लागि पनि विशेष व्यबस्था हुनुपर्छ,” उनले भने “गैर आवासीय नेपाली नागरिकतासंगै पासपोर्ट दिने व्यवस्था पनि हुनुपर्छ । ” उनले संसदको राज्य व्यवस्था समितिमा भएको छलफल पछि आशंका उब्जिएको बताउंदै सबै साथीहरुलाई कानून नबन्दासम्म प्रयास जारी राख्न, चनाखो रहन र लबी गरिरहन आग्रह पनि गरे ।

आचार्यले आउंदो अक्टोबर महिनामा काठमाडौँमा हुन गइरहेको एनआरएनएको विश्व सम्मेलनमा केन्द्रिय अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताइ सकेका छन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क र डालसको भ्रमण पछि उनी शुक्रवार टोरन्टो पुगेका थिए ।
कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना लगायतका वक्ताले शुभकामना दिएका थिए । १२ औं साधारणसभाले चिरन्जीवी घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयां कार्य समिति गठन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजेश शर्मा जोगबनी (भारत), आसोज २६ दाइजो नदिएको कारण एक नेपाली चेलिलाई भारतमा बेपत्ता बनाइएको छ । नेपालको विराटनगर पञ्चमुखी चौक बस्ने मानिक चन्द सहनीको २२ वर्षीय छोरी रञ्जुदेवि सहनी (बहरदार) ससुरालबाटै बेपत्ता भएकी हुन् । भारतको बिहारस्थित जोगबनी भेडियारी सुसाराली रहेको ति नेपाली चेलालाई बारम्बार दाईजोको न्युमा ससुरालीले यताना दिने गरेको मईती पक्षको भनाई […]

काठमाडौँ, असोज १३ दुबईमा सडक दुर्घटनामा परी ६ जना नेपालीको ज्यान गएको छ । उक्त दुर्घटना थप दुई जना गैर नेपालीको पनि मृत्य भएको छ । दुर्घटनामा अन्य ६ जना समेत घाइते भएका छन् । घाइतेहरु भने नेपाली नागरिक होइनन् । मोहम्मद विन जायद सडकमा नेपाली कामदारलाई बोकेको माइक्रो ट्रकमासँग गएर ठोकिदा उक्त दुर्घटना हुने […]

दक्षिण कोरिया, (सिओल) भाद्र ३१ मधेशी समाज दक्षिण कोरियाले नँया कार्यसमिति गठन गरेको छ । नँया कार्यसमितिमा अर्विन्द मेहता अक्ष्यक्षमा चयन भएका छन् । त्यस्तै ब.उपाध्यक्षमा शुशिल पटेल, उपाध्यक्षमा विशाल चौधरी, सन्जिब साह चयन भएका छन् । महासचिवमा कृष्ण कुमार सिंह, सहसचिवमा अमन गुप्ता , कोषाध्यक्षमा अरुण गुप्ता, सह कोषाक्ष्यक्षमा सन्जिव महतो चुनिएका छन् । […]