०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा रहेको कोशी हस्पिटलमा चरम बेथिति

Logo
प्रकाशित मंगलबार, कार्तिक २२, २०७९

विराटनगर, कार्तिक २२
निरज बस्नेत
विराटनगरमा रहेको कोशी हस्पिटलमा चरम बेथिति देखिएको छ । अस्पतालभित्र कार्यरत स्वास्थ्यकर्मी नै अस्पताल डुबाउने खेलमा लागेको पाईएको छ ।

यतिसम्म घृणित मनसाय बोकेका छन्, की, आफैं, भित्र आएका विरामीलाई बाहिरका महँगा हस्पिटल पुर्याउँछन् । राती ९ बजे पश्चात् कोशी हस्पिटलमा आएका दर्जनौं विरामीलाई स्वास्थ्कर्मीकै संलग्नतामा चर्को शूल्क असूल्ने अन्य प्राईभेट अस्पतालमा पुर्याउँछन् ।

यो कालो कर्तुत दिनमा पनि हुन्छ । प्रदेश १ को प्रतिष्ठाको रुपमा हेरिएको भने तापनि यसलाई भित्रैकाले खोक्रो बनाईसक्दा समेत तै चुप मै चुपको साजिसपूर्ण नाटक मन्चन हुदैछ । अझ महत्वपूर्ण उपकरणहरु समय–समयमा विग्रिरहने अनि समयमा मर्मत पनि नगरिने परिपाटीले आम जनता गहिरो मारमा पर्दे आईरहेका छन् । भित्रको आकस्मिक कक्ष कहालीलाग्दो भद्रगोल अवस्थामा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]

विराटनगर, २७ असार – गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्याउने गरी स्वास्थ्य उपचारमा व्यापक छुटको व्यवस्था गर्ने भएको छ। निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले बिहिबार यहाँ पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मुख्य छुट व्यवस्थाहरू […]