२५ भाद्र २०८१, मंगलबार
10-09-2024 , Tue

मायामा विविधता

Logo
प्रकाशित बुधबार, मंसिर १४, २०७९

विराटनगर, मंसीर १४
निरज बस्नेत
चोखो मायामा सेक्सको भूमिका अहं हुन्छ । जान्नेले प्रेम गर्दा समागममा आनन्दको अनुभूति लिन सक्दछ । दुई मन मिल्दा भित्रैबाट सुखानुभूतिको महसुस गर्न सकिन्छ ।

माया अनमोल हुन्छ । पिरतीको परिभाषा ठ्याक्कै यही भनेर कसैले कदापि दिन सक्दैन । व्यक्तिपिच्छेका मायाको डिफनिसन अलग–अलग हुने गर्दछ । साँचो मायामा भगवानकाे वास हुन्छ । पवित्र प्रेम गर्नेले छलकपट कहिल्यै गर्दैन । मायामा एकप्रकारको अद्भूत जादू हुन्छ ।

मायाको एक गन्तव्य सेक्स पनि हाे। मायामा सेक्सको महत्व अपरम्पार हुन्छ । सेक्स पनि ढंगले गर्न जान्नु पर्दछ अन्यथा सम्बन्धमा दरार आउन सक्छ । एकैछिनमा सिद्दयाईहाल्ने सेक्सले पीडा दिन्छ । प्रेम जाेडिले ‍एअर्काकाे तृप्ती मेटीने गरी संभाेग गरे मात्र दुवैलाई आनन्द प्राप्त हुन्छ ।

सेक्स गर्दा अक्सर पुरुष वर्गले स्वार्थीपना देखाउँछन् । आफूलाई पुग्नासाथ आफ्नो पार्टनरको बारेमा रत्तिभर चिन्ता गर्दैनन् । यसले मायामा वितृष्णा पैदा गराउँछ । शंकाले डेरा जमाउँने संभावना हुन्छ । कालान्तरमा रिलेसनमा ब्रेकहप हुन सक्दछ । मायामा महिला र पुरुष दुवैको भूमिका बराबर नै हुनपर्दछ ।

माया निस्वार्थ भावनाले गर्न सक्नुपर्छ । मायामा चोरी चकारी, झै–झमेला राम्रो हुदैन । यसले दीर्घकालीन चोट दिन्छ । मायामा फेरी वासनालाई नै केन्द्रविन्दू मानिनु मूर्खता हुनजान्छ । माया सोलिड टाईपको गर्नुपर्छ । आजभोलीको मायामा ज्यादा देखावटीपन झल्किन्छ । हत्तरपत्तरको माया लत्तरपत्तरमा परिणत भईदिदा, मूलतः यस्तो मायाले पीडा सिवाय अरु केही दिदैन ।

माया सवथोक हो । माया विनाको संसार अधूरो रहन्छ । मायामा शक्ति हुन्छ । जसरी समुन्द्रको गहिराई मापन गर्न सकिन्न । त्यस्तैगरी एक अर्कालाई गरिने पवित्र माया पनि कसले कसलाई कति धेरै गरेको छ, यो चाही छुट्टयाउन सकिदैन । अहिलेको युवापुस्तामा नराम्रो ट्रेन्ड बसेको देखिन्छ । काँचै उमेरमा लभ–सव गर्यो । स्वार्थ पूरा गर्यो । बस् अनि ब्रेबअप गर्यो । यसले कयौं युवापुस्तामा आजभोली नैराश्यताले जरो गाडी अन्तत डिप्रेसनको शिकार भई अनेक कूलतमा समेत फसेको पाईएको छ । कत्तिले त बर्दास्त गर्न नसकी आत्महत्याको बाटो समेत रोजेका छन् । अन्तमाः माया गर्न जान्यो राम्रो, जानेन नराम्रो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

निरज बस्नेत भदाै १८ “आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार।” यहि स्टाटस हालेर बालेन शाह एकाएक पुनस् एकपटक भाइरल भएका छन् । उनको यो स्टाटसमा रातारात लाखौंको संख्यामा लाइक, कमेन्ट अनि शेयर आएको छ । यो पाली मात्र नभएर, यस्ता (यस्ता […]

✍मनु बुढाथोकी काठमाडौं, फागुन २ जनयुद्ध कालको स्मरण गर्दा स्कुले जिवन- कलिलो बाल मस्तिष्क अनि घर बाट पैदल लगभग ३० मिनेटको दुरीमा रहेको हाइ – स्कुलको याद आउछँ । त्यो बेला उदेयपुरमा स्कुल जांदा आउंदा आफ्ना टाउको माथिबाट डुडुडुडु गर्दै उडेका हेलिकप्टरका आवाजले यति त्रसित बनाउथ्यो कि,सोच्दा पनि यस्तो लाग्छ त्यो बाल मष्तिस्क भित्र कति […]

निरज बस्नेत विराटनगर, माघ ११ आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा […]