१२ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

आगामी आर्थिक बर्षमा देशैभर सायना विस्तार हुदै

Logo
प्रकाशित सोमबार, पुष ११, २०७९

विराटनगर, पुष ११
निरज बस्नेत
सायना प्रेस(डीएमपीए–एससी) गर्भ रहनबाट रोक्न महिलाले प्रयोग गर्ने सुरक्षित र प्रभावकारी गर्भ निरोधक साधन हो । यही भरपर्दो साधनका बारेमा जानकारी दिन विराटनगरमा आज परिवार नियोजन मोरङ शाखाले एक कार्यक्रम गरेको छ ।

नेपालमा सायना प्रेस सुई आर्थिक बर्ष २०७७–७८ मा सिन्धुली र नवलपरासी जिल्लामा नमूना कार्यक्रमको रुपमा सुरु भई चालु आर्थिक बर्ष २०७९–८० मा सिन्धुली र नवलपरासी, मोरङ, पर्सा, ललितपुर, रोल्पा र कैलाली जिल्लामा सेवा विस्तार भएको छ । र, आगामी आर्थिक बर्षमा देशैभर विस्तार गर्ने योजना रहेको छ ।

सायना प्रेस प्रोजेस्टेरोन हर्मोन मेड्रोक्सप्रोजेस्ट्रोन एसीटेट १०४ मि.ग्रा. ले बनेको हुन्छ । यो सूई शरीरको छाला मुनिको बाक्लो बोसोयुक्त भागमा दिइन्छ । यो ३ महिने सूई नै हो ।

सायनाले पाठेघरको मुखबाट निस्कने श्रावलाई बाक्लो बनाउँछ । डिम्व निष्काशन हुन दिदैन । पाठेघरको भित्री पत्रलालाई बाक्लो बनाउँछ जसले गर्दा गर्भ रहनबाट मज्जाले काम गर्दछ । सायनालाई लगाउँदा पहिलो पटक महिनावारी भएको ७ दिनभित्र(त्यस पछिको मात्रा पहिलो पटक लगाएको ३ महिनाको अन्तरालमा लगाउँनु पर्छ, महिनावारी पर्खिरहनुपर्देन) । , स्तनपान गराई रहेकी महिलाले ६ हप्तापछि लगाउन सकिन्छ ।

स्तनपान नगराउने महिला सुत्केरीको हकमा २१ दिनभित्र लगाउन सकिन्छ । सन् १९५९ मा नेपाल परिवार नियोजन संघ स्थापना भएसँगै नेपालमा जनसंख्या नियन्त्रणका लागि परिवार नियोजन सेवाको सुरुवात भएको हो । परिवार कल्याण महाशाखाको नेतृत्वमा आर्थिक बर्ष २०७७–७८ मा सम्पन्न सायना प्रेसको सम्भाव्यता र स्वीकार्यता सम्वन्धि अनुशन्धानबाट महिलाहरुले सायना प्रेस रुचाएको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]