३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

आगामी आर्थिक बर्षमा देशैभर सायना विस्तार हुदै

Logo

विराटनगर, पुष ११
निरज बस्नेत
सायना प्रेस(डीएमपीए–एससी) गर्भ रहनबाट रोक्न महिलाले प्रयोग गर्ने सुरक्षित र प्रभावकारी गर्भ निरोधक साधन हो । यही भरपर्दो साधनका बारेमा जानकारी दिन विराटनगरमा आज परिवार नियोजन मोरङ शाखाले एक कार्यक्रम गरेको छ ।

नेपालमा सायना प्रेस सुई आर्थिक बर्ष २०७७–७८ मा सिन्धुली र नवलपरासी जिल्लामा नमूना कार्यक्रमको रुपमा सुरु भई चालु आर्थिक बर्ष २०७९–८० मा सिन्धुली र नवलपरासी, मोरङ, पर्सा, ललितपुर, रोल्पा र कैलाली जिल्लामा सेवा विस्तार भएको छ । र, आगामी आर्थिक बर्षमा देशैभर विस्तार गर्ने योजना रहेको छ ।

सायना प्रेस प्रोजेस्टेरोन हर्मोन मेड्रोक्सप्रोजेस्ट्रोन एसीटेट १०४ मि.ग्रा. ले बनेको हुन्छ । यो सूई शरीरको छाला मुनिको बाक्लो बोसोयुक्त भागमा दिइन्छ । यो ३ महिने सूई नै हो ।

सायनाले पाठेघरको मुखबाट निस्कने श्रावलाई बाक्लो बनाउँछ । डिम्व निष्काशन हुन दिदैन । पाठेघरको भित्री पत्रलालाई बाक्लो बनाउँछ जसले गर्दा गर्भ रहनबाट मज्जाले काम गर्दछ । सायनालाई लगाउँदा पहिलो पटक महिनावारी भएको ७ दिनभित्र(त्यस पछिको मात्रा पहिलो पटक लगाएको ३ महिनाको अन्तरालमा लगाउँनु पर्छ, महिनावारी पर्खिरहनुपर्देन) । , स्तनपान गराई रहेकी महिलाले ६ हप्तापछि लगाउन सकिन्छ ।

स्तनपान नगराउने महिला सुत्केरीको हकमा २१ दिनभित्र लगाउन सकिन्छ । सन् १९५९ मा नेपाल परिवार नियोजन संघ स्थापना भएसँगै नेपालमा जनसंख्या नियन्त्रणका लागि परिवार नियोजन सेवाको सुरुवात भएको हो । परिवार कल्याण महाशाखाको नेतृत्वमा आर्थिक बर्ष २०७७–७८ मा सम्पन्न सायना प्रेसको सम्भाव्यता र स्वीकार्यता सम्वन्धि अनुशन्धानबाट महिलाहरुले सायना प्रेस रुचाएको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]